arrow

विद्यालयको पर्खालले च्यापिएर एक युवकको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ४ सोमबार
dead2.jpg

पोखरा । पोखरामा विद्यालयको पर्खाल भत्काउने क्रममा च्यापिएर एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भारतीय नागरिक रहेका छन् । पोखरा महानगरपालिका-१३ मियापाटन बस्ने करिब २० वर्षका रितेश राम रहेको बताइन्छ ।

पोखरा महानगरपालिका वडा नं. १३ बाझपाटनस्थित बाल कल्याण माध्यमिक विद्यालयको पुरानो पर्खाल भत्काउने क्रममा उनी च्यापिएका थिए ।

पर्खालले च्यापिएर गम्भीर घाइते भएका उनको मणिपाल शिक्षण अस्पतालमा उपचारको मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ