arrow

नेपाली महिला फुटबल टोली समूह चरणबाट बाहिरियो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ५ मंगलबार
Football-women-afc-ujb.jpg

काठमाडौं। बलियो टोली हङकङसँग बराबरी खेले पछि नेपाली महिला फुटबल टोली एएफसी महिला एसियन कप–२०२२ छनोटको समूह चरणबाट बाहिरिएको छ । उज्वेकिस्तान आज भएको छनोट दोस्रो खेलमा नेपाल हङकङसँग गोल रहित बराबरी खेल्दै अंक बाँड्दा नेपाली महिला फुटबल टोलीको भारतमा आयोजना हुने एएफसी महिला एसियन कपको यात्रा समाप्त भएको हो । 

दुई खेलबाट १ अंक जोडेको नेपाल अघिल्लो चरण पुग्नका लागि हङकङविरुद्ध जित्नै पर्ने दबाब रहेको थियो । तर, नेपालले हङकङसँग बराबरीमा चित्त बुझाउँदा छनोटबाटै बाहिरिएको हो ।

निकै प्रतिस्पर्धात्मक बनेको खेलमा नेपालले हङकङलाई दबाब दिएर खेले पनि पाएका केही राम्रा अवसर सदुपयोग गर्न सकेन । नेपालले पहिलो पटक हङकङसँग बराबरी खेलेको हो । यस अघिको दुई भेटमा नेपालले नतिजा सुम्पिएको थियो । सन् १९८६ मा भएको पहिलो भेटमा नेपाल हङकङसँग १–० ले पराजित भएको थियो भने १९८९ मा भएको दोस्रो भेटमा ३–० ले पराजित भएको थियो ।

छनोटको पहिलो खेलमा नेपालले सुरुआतमा अग्रता अन्तिम मिनेटमा कायम राख्न नसक्दा फिलिपिन्ससँग २–१ गोल अन्तरले पराजित भएको थियो । उक्त खेलमा नेपालविरुद्ध फिलिपिन्सले बराबरी र इन्जुरी समयमा दोस्रो गोल गर्दै रोमाञ्चक जित निकालेको थियो । नेपालसँग बराबरीमा रोकिए पनि हङकङको छनोट हुने सम्भावना भने अझै कायमै छ । हङकङले अब अन्तिम खेलमा फिलिपिन्ससँग खेल्नेछ । उक्त खेलमा हङकङले सुखद नतिजा निकाले हङकङको अघिल्लो चरणको यात्रा तय हुनेछ भने पराजित भएको खण्डमा फिलिपिन्स अर्को वर्ष भारतमा हुने एसियन कपमा सहभागि हुने मौका पाउनेछ । एसियन कप जनवरी २० देखि फेब्रुअरी ६ सम्म हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ