arrow

फिफा वरियतामा नेपाल तीन स्थान तल झर्‍यो

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २२ बिहिबार
fifa-hq-logo.jpg

काठमाडौँ। फुटबलको सर्वोच्च संस्था फिफाले नयाँ वरियताक्रम जारी गरेको छ। जसमा नेपाल तीन स्थान तल झरेको छ। नेपाल यस अघि १७५ स्थानमा थियो भने नयाँ वरियतामा १७८ स्थानमा पुगेको छ।

त्यस्तै छिमेकी मुलुक भारत पनि चार स्थान तल झर्दै १२१ स्थानमा पुगेको छ। अन्य दक्षिण एसियाली मुलुकमा मालदिभ्स १६१औँ म्यानमार एक स्थान तल झर्दै १६३औँ बङ्गलादेश १८४औँ,  भुटान १८५औँ पाकिस्तान १९५औँ र श्रीलङ्का २०४ स्थानमा रहेका छन्।

त्यस्तै फिफा वरियताको शीर्ष स्थानमा भने अर्जेन्टिना कायम रहेको छ । दोस्रो स्थानमा फ्रान्स छ भने एक स्थान सुधार गर्दै बेल्जियम तेस्रो स्थानमा उक्लिएको छ। त्यस्तै इङल्याण्ड एक स्थान तल झरेर चौथो स्थानमा छ भने ब्राजिल पाँचौँ स्थानमा रहेको छ।

त्यस्तै पोर्चुगलले एक स्थान सुधार गर्दै छैटौँ स्थानमा उक्लिएको छ भने नेदरल्याण्डस एक स्थान तल झर्दै सातौँ स्थानमा रहेको छ। त्यसै गरी स्पेन आठ, इटाली नौं र क्रोएसिया १०औँ स्थानमा रहेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ