arrow

एमाले हेटौँडा नगर सचिवालय सदस्यसहित ५ जना काँग्रेसमा प्रवेश

logo
रवीन्द्र गौतम,
प्रकाशित २०७८ असोज ६ बुधबार
party-prabesh-heatuda.JPG

हेटौँडा । नेकपा एमालेका नगर सचिवालय सदस्यसहित ५ जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । नेकपा एमाले नगर सचिवालय सदस्य एवं हेटौँडा-६ का सह-इन्चार्ज जयराम घिमिरेसहित ५ जना बुधबार नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । 

काँग्रेस प्रवेश गर्नेहरूमा नेकपा माओवादी केन्द्रबाट मनहरी गौतम, पारस गौतम, पाष्टर प्रेम हुँमागाई र बिवामाया दुच्र्याइ रहेका छन् । उनीहरूलाई नेपाली काँग्रेस मकवानपुरका सभापति इन्द्रबहादुर बानियाँले पार्टीको सदस्य प्रदान गरेका हुन् । 

उक्त अवसरमा नव प्रवेश घिमिरेले एमालेको अहिलेको क्रियाकलापले जनता आजित भएको र अब काङ्ग्रेसबाट मात्रै विकास र स्थिरता सम्भव भएको बताए । उनले कम्युनिस्टमा कार्यकर्ता र जनताको समस्या बुझ्ने भावना समाप्त भएको र स्वेच्छाचारिता बढेकाले समाजसेवामा होमिन काँग्रेस रोजेको बताए ।

कार्यक्रममा नेपाली काँग्रेस मकवानपुरका जिल्ला सहसचिव रामबाबु बानियाँ, जिल्ला सदस्य अर्जुन प्रसाद दाहाल, दोर्जे लामा स्याङतान्, क्षेत्रीय सचिव सुवातसिं थिङ, हेटौँडा-६ का वडा अध्यक्ष अर्जुन प्रसाद चौलागाई, हेटौँडा १७ का वडा सभापति नवराज न्यौपाने, हेटौँडा-६ का वडा सदस्य राजकुमार बास्तोला लगायतका नेता कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ