- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली कांग्रेसले वडा अधिवेशन हुन बाँकी १३ जिल्लामा ९ असोजपछि मात्रै वडा अधिवेशन गर्ने भएको छ । बुधबार बसेको पदाधिकारी बैठकमार्फत कांग्रेसले १३ जिल्लामा ९ असोजसम्म क्रियाशील सदस्यता टुंगाएर वडा अधिवेशन गर्ने निर्णय गरेको हो ।
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले १३ जिल्लामा ९ असोजसम्म क्रियाशील सदस्यता टुंगाउने र वडा अधिवेशन गर्ने सहमति भएको जानकारी दिएका हुन् । उनका अनुसार ति १३ जिल्लामा पालिका अधिवेशन भने दशैंअघि गर्ने गरी सहमति जुटेको हो ।
पूर्व महामन्त्री प्रकाशमान सिंहले वडा अधिवेशन सकिएका जिल्लामा भने तोकिएकै मितिमा पालिका तहका अधिवेशन हुने बताए । उनका अनुसार १३ जिल्लामा भने दशैं अघि पालिका अधिवेशन गर्ने सहमति छ ।
कांग्रेसले ९ असोजका लागि पालिका तहको अधिवेशन तोकेको छ । अब १३ जिल्ला बाहेकमा सो मितिमा पालिका अधिवेशन हुनेछ भने बाँकी १३ जिल्लामा दशैं अघि पालिका अधिवेशन हुनेछ ।
कांग्रेसले नयाँ कार्यतालिका भने सार्वजनिक गरेको छैन । सहमती अनुसार प्रदेश र प्रतिनिधिसभा निर्वाचन क्षेत्रका अधिवेशन भने दशैंपछि हुनेछन् ।