arrow

शान्ति समाजद्वारा थप दुई पुरस्कार स्थापना

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ७ बिहिबार
santi-samj-puraskar.jpg

काठमाडौँ ।  मानव अधिकार तथा शान्ति समाजले श्रष्टा सम्मान अभियान अन्तर्गत गणेशबहादुर श्रेष्ठ स्रष्टा सौगात र जनककुमारी रेग्मी श्रष्टा सौगात गरि थप दुई पुरस्कार स्थापना गरेको छ ।

यस अन्तर्गत प्रत्येक वर्ष साहित्यका विभिन्न विधामा योगदान गरेका दुई जना श्रष्टा लाई जनही रु. २० हजार नगदसहित सम्मान पत्र प्रदान गरिने छ । पुरस्कारहरू स्थापनार्थ अक्षय कोषका लागि दोर्पु सोलुखुम्बुका प्रसिद्ध समाजसेवी स्व. गणेशबहादुर श्रेष्ठकी छोरी मानव अधिकार तथा शान्ति समाजकी उपसभापति रत्नलक्ष्मी श्रेष्ठले रु. दुई लाख र स्व. जनककुमारी रेग्मी (मार्से खोटाङ)की नातिनी तथा नातिहरूले दुई लाख शान्ति समाजलाई प्रदान गर्ने भएका छन् ।  यी पुरस्कारहरू हरेक वर्ष महाकवि लक्ष्मी प्रसाद देवकोटा जन्म जयन्तीको सेरोफेरोमा यसै वर्ष (२०७८) देखी  प्रदान गरिने छ ।

वि.स १९५८ चैत २२ गते सोलुखुम्बुको दोर्पु बजारमा जन्मिएका शिक्षा सेवी गणेशबहादुर श्रेष्ठको २०५१ पौष १४ गते निधन भएको थियो ।

 शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीको मावली हजुरआमा जनककुमारी रेग्मी र उनकी सानी छोरीको वि.स २०१८ सालमा मार्से खोटाङ स्थिति आफ्नै निवासमा अज्ञात समूहले हत्या गरेको थियो भने आजसम्म पनि हत्याराको पहिचान हुन सकेको छैन ।

यससँगै स्रष्टा सम्मान अभियान अन्तर्गत शान्ति समाजद्वारा स्थापित पुरस्कारहरूको सङ्ख्या १५ पुगेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ