- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा धर्नामा बसेका कार्यकर्ताहरुले विहीबार नाराबाजी गरेका छन् ।
क्रियाशील सदस्यता विवादका कारण धर्नामा रहेका सर्लाहीका नेता कार्यकर्ताहरुले नाराबाजी गरेका हुन् । उनीहरुले केन्द्रीय नेतृत्वको विरुद्धमा नारा लगाएका हुन् । सर्लाहीका प्रदेश सांसद तथा मन्त्री वीरेन्द्र सिंहले धर्नामा बसेकाहरुमाथि दुर्व्यवहार गरेको भन्दै आक्रोश पनि पोखेका छन् ।
धर्नामा ऐक्यवद्धता जनाउन कांग्रेस नेताहरु डा.शेखर कोइराला, प्रकाशमान सिंह, अमरेशकुमार सिंहलगायतका नेताहरु सानेपा पुगेका थिए ।
धर्नामा ऐक्यवद्धता जनाउँदै नेता डा.कोइरालाले पार्टी सभापति पक्षले पार्टी कब्जा गर्न लागेको आरोप लगाए । जिल्लामा नेताहरुले गुन्डागर्दी देखाएको उनको आरोप छ । ७५ वर्षे लामो इतिहासमा अहिलेसम्म कांग्रेसमा कहिल्यै यस्तो नभएको उनको दाबी छ।
पार्टी कब्जा गर्ने हिसाबले जिल्ला जिल्लामा नेताहरुले गुण्डागर्दी देखाइरहनु भएको छ, यस्तो कांग्रेसका लागि कदापि स्वीकार्य हुँदैनन्’ उनले भने ।
गुण्डागर्दी तत्वलाई जिल्ला जिल्लामा परास्त गरिने उनले बताए । यस्ता गतिवधिलाई शान्तिपूर्ण आन्दोलनबाट पराजित गरिने डा.कोइरालाको दाबी थियो । त्यस्तै उनले सभापति शेरबहादुर देउवाको जिल्ला डडेलधुरामा प्रहरी प्रशासन लगाएर पार्टी कब्जा गर्न खोजिएको आरोप लगाए ।
नेता अमरेशकुमार सिंहले धाकधम्की र आक्रमण भए पनि आफूहरुले पार्टी कब्जा गर्न नदिने बताए । उनले भने, ‘पार्टी कब्जा गर्न दिँदैनौं नेपाली कांग्रेस दारूवाला, भट्टीवाला, ठेकेदारले बनाएको पार्टी हैन ।’