arrow

एमालेका सांसदहरुको नाराबाजीकाबीच प्रतिनिधि सभा बैठक अगाडि बढाइयो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ७ बिहिबार
amale samsad.png

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधबीच प्रतिनिधि सभा बैठक अगाडि बढाइएको छ । सभामुख अग्निप्रसाद सापकोटाले एमालेको अवरोधबीच बैठकको काम कारबाही अगाडि बढाएका हुन् ।

बिहीबार प्रतिनिधि सभाको बैठक सुरु हुनासाथ एमाले सांसद्हरुले रोष्टम अगाडि आएर नाराबाजी गरेका छन् । सभामुखको भूमिकालाई लिएर एमालेले सदन अवरुद्ध गर्दै आएको छ । 

आजको बैठकमार्फत आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पारित गर्ने कार्यसूची छ । सो विधेयमा अहिले छलफल जारी छ ।

एमालेको अवरोधकैबीच सभामुख अग्निप्रसाद सापकोटाले भने संसदको कारवाही अगाडि बढाएका छन् । नाराबाजीकै बीच सभामुखले परराष्ट्रमन्त्रीमा डा. नारायण खड्का नियुक्त भएको व्यहोराको राष्ट्रपति कार्यालयबाट पत्र पढेर सुनाएका हुन् ।

उनले सबैको कुरा सुनाउने थलो संसद भएकाले लोकतान्त्रिक विधि र प्रक्रियामा अवरोध नगर्न एमाले सांसदहरुलाई आग्रह गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ