arrow

दार्चुलामा १८ वर्षमाथिका सबै नागरिकलाई असोज १० देखि खोप लगाइने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ७ बिहिबार
darchula-dmcc.JPG

दार्चुला । हिमाली जिल्ला दार्चुलाका १८ वर्षमाथिका सबै नागरिकलाई असोज १० गतेदेखि १४ गतेसम्म कोरोना खोप लगाइने भएको छ ।

स्वास्थ्य विभागको निर्णय बमोजिम बिहीबार बसेको कोभिड-१९ खोप समन्वय तथा अनुगमन समिति दार्चुलाको बैठकले १८ वर्षमाथिका पहिलो मात्रा लगाउन बाँकी सबै नागरिकलाई भेरोसेल खोप लगाउने निर्णय गरेको हो ।

जिल्लाका लागि ४० हजार डोज भेरोसेल खोप उपलब्ध भएकाले असोज १० गतेदेखि १४ गतेसम्म जिल्लाका सबै स्वास्थ्य संस्थाहरूबाट खोप दिइने कोभिड-१९ खोप समन्वय तथा अनुगमन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले जानकारी दिए । 

यस्तै जिल्लामा जोन्सन एन्ड जोन्सन खोप मौज्दात रहेकाले सीमा नाका खलङ्गा झोलुङ्गे पुलमा केन्द्र रहने गरी खोपको उपलब्धताको आधारमा विदेशबाट स्वदेश फर्कने नागरिकलाई खोप दिने निर्णय भएको उनले बताए ।

स्वास्थ्य कार्यालय दार्चुलाले खोप लगाउनका लागि आफ्नो परिचय खुल्ने परिचय पत्र लिएर जान समेत अनुरोध गरेको छ । दार्चुलामा ४० हजार १ सय ७० जनाले पहिलो र दोस्रो मात्रा खोप लगाइसकेका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ