arrow

सशस्त्रका ११ डीआईजीको सरुवा

अर्याल मानव स्रोत विभागमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ८ शुक्रबार
police-sasastra.png

काठमाडौँ । गृह मन्त्रालयले सशस्त्र प्रहरीका ११ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) को सरुवा गरेको छ ।

बिहीबार गृहमन्त्री स्तरीय निर्णयबाट सशस्त्रका ११ जना डीआईजीहरूको सरुवा गरिएको हो ।

सरुवामा बाहिनीपतिहरु समेटिएका छन् । सरुवा सूची अनुसार बराह बाहिनी सुनसरीमा कमल गिरीलाई पठाइएको छ । सो स्थानमा रहेका बाहिनीपति वंशीराज दाहाललाई पशुपति बाहिनी काठमाडौँ ल्याइएको छ

यस्तै पशुपति बाहिनी रहेका राजु अर्याल प्रधान कार्यालयको मानव स्रोत विभागमा पुगेका छन् ।

यसै गरी, डीआईजी मन्दीप श्रेष्ठलाई गढीमाई बाहिनी हेटौँडाबाट सशस्त्र प्रहरी मुख्यालय सरुवा गरिएको छ । हेटौँडामा किशोर प्रधानलाई पठाइएको छ ।

यस्तै डीआईजी कुलबहादुर नेम्वाङलाई प्रधान कार्यालयको मानव स्रोत विभागबाट विन्ध्यावासिनी बाहिनी, रुपन्देही पठाइएको छ ।

यसै गरी पोखरास्थित बाहिनीका नारायणदत्त पौडेललाई कार्य तथा सीमा सुरक्षा विभागमा सरुवा गरिएको छ । सो स्थानमा डीआईजी शम्भु सुवेदीलाई पठाइएको छ ।

प्रदेश नम्बर २ मा रहेका चन्द्रप्रकाश गौतमलाई कार्य तथा सीमा सुरक्षा विभाग मुख्यालयमा सरुवा गरिएको छ । त्यहाँ गणेश ठाडामगरलाई पठाइएको छ ।

यस्तै सशस्त्र प्रहरी मुख्यालयको मानव स्रोत विभागमा कार्यरत दुर्गाप्रसाद भट्टराईलाई सुदूरपश्चिम प्रदेश पठाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ