arrow

काँग्रेस १४ औँ महाधिवेशन : ६४ जिल्लामा पालिका अधिवेशन शनिवारबाट

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ८ शुक्रबार
Congress-convention-14-nepa.jpg

काठमाडौँ । नेपाली काँग्रेसले पूर्व निर्धारित कार्यतालिका अनुसार नै ६३ जिल्लामा भोलि ९ गतेबाट पालिका तहका अधिवेशन सुरु गर्ने भएको छ ।

शुक्रवार संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको काँग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठकले भोलि देखि नै पालिका अधिवेशन सुरु गर्ने निर्णय गरेको हो ।

बैठकपछि काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ६४ जिल्ला मात्र भए पनि भोलि नै पालिका अधिवेशन गर्ने निर्णय भएको जानकारी दिएका हुन् ।

बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले भने ७७ वटै जिल्लाको पालिका अधिवेशन एकै पटक गर्न प्रस्ताव गरेका थिए । तर पदाधिकारी बैठकले भने वडा अधिवेशन सकिएका जिल्लामा  भोलिबाट नै पालिका अधिवेशन गर्ने निर्णय गरेको हो ।

यस्तै वडा अधिवेशन बाँकी रहेका १३ जिल्लामा पनि क्रियाशील सदस्यता छिटो टुङ्गाएर अधिवेशन गर्ने बैठकले निर्णय गरेको छ । ती जिल्लामा दसैँअघि नै पालिका अधिवेशन सक्ने काँग्रेसले निर्णय गरेको हो ।

बैठकले आगामी केन्द्रीय समिति बैठकबाट महाधिवेशनको आवश्यकता अनुसार विधानका प्रावधान निलम्बन गर्ने र त्यसलाई महाधिवेशनबाट अनुमोदन गर्ने निर्णयसमेत गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ