arrow

देउवाको गृह जिल्लामा विवाद : पार्टीको लेबी नतिर्ने नेता आरोप प्रत्यारोपमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ८ शुक्रबार
ddl-party-office.JPG

डडेलधुरा । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्लामा आरोप प्रत्यारोपको राजनीति सुरु भएको छ । नेपाली काँग्रेसका युवा नेता एवं नेविसंघका निवर्तमान सभापति नैनसिंह महरले भाद्र २२ गतेका दिन गरिएको एकपक्षीय पत्रकार सम्मेलनमा बोल्दै नेपाली काँग्रेस डडेलधुराको वर्तमान कार्य समितिले १० करोडको आयव्यय सार्वजनिक नगरेको विषयमा उपसभापति करुणा कर भट्टले वैधानिक अधिवेशनमा हिसाब खोज्न चुनौती दिएका छन् । 

जिल्ला सभापति कर्ण मल्लको १२ वर्षको दुई कार्यकालमा ९ करोड ७८ लाख रकम सङ्कलन भएको र उक्त रकमको हिसाब किताब सार्वजनिक नभएको महरले आरोप लगाई रहँदा पार्टीको पहिलो कार्यकाल पछि २०७२ माघमा सम्पन्न जिल्ला अधिवेशनमा प्रस्तुत भइसकेको र त्यसपछिको सम्पूर्ण आर्थिक श्रोत पार्टी अभिलेखमा पारदर्शी रूपले राखिएको बताउँदै अवैधानिक अधिवेशन गर्नैहरुलाई हिसाब खोज्ने अधिकार कहाँ छ र कसलाई हिसाब दिने हो प्रश्न पनि गरेका छन् । 

कृष्ण प्रसाद भट्टराई स्मृति प्रतिष्ठानको तीन तले भवन निर्माणमा संस्थागत सहयोग जम्मा रु.९९ लाख सात हजार ४१८ र व्यक्तिगत चन्दा तथा सहयोग स्वरूप सङ्कलन भएको जम्मा रहेको रकम रु. १७ लाख ३७ हजार ५४ र आन्तरिक श्रोत लेबी स्वरूप ९० जनाले पुरै बुझाएको रकम रु.२० लाख २१ हजार ५६६, आंशिक बुझाएका २० जनाको ४ लाख ३० हजार ८३० र बुझाउन बाँकी रु. ४ लाख ५९ हजार ८७० रहेकोमा उठेको लेबी, बाँकी रहेको लेबी गरि सबै जोड्दा १ करोड ४६ लाख ३८ हजार १७२ हुन्छ भने अन्य श्रोत कहाँबाट आयो पार्टीलाई आधिकारिक रूपमा थाहा छैन हामीलाई बदनाम गर्न महरले लगाएको आरोप पूर्वाग्रही र निराधार भएको उपसभापति भट्टले पत्रकारलाई जानकारी दिएका छन् ।

यस्तै प्रतिनिधिसभा सदस्य तथा पार्टी केन्द्रीय सभापति एवं प्रधानमन्त्री शेर बहादुर देउवाको पुरानो १ लाख १५ हजार र २०७२ फागुन देखि २०७७ फागुन सम्मको ३ लाख ५ हजार, महासमिति सदस्य डा. आरजु राणा देउवाको पुरानो नयाँ गरि सबै २ लाख ३० हजार, महाधिवेशन प्रतिनिधि तथा भागेश्वर गाउँपालिकाका अध्यक्ष कौशीला भट्टको महाधिवेशन प्रतिनिधि तथा जनप्रतिनिधि बापत १ लाख २४ हजार २५०, जिल्ला समन्वय समिति प्रमुखको १ लाख ५ हजार, उपप्रमुखको ६० हजार, सदस्य ४ जनाको जनही २७ हजार, वडाध्यक्षहरू ८ जनाको पुरा बाँकी र २ जनाको आंशिक, ३ शुभेच्छुक संस्थाका प्रमुखको पुरै बाँकी, जिल्ला कार्य समिति कोषाध्यक्षको आंशिक तिरेको बढी बाँकी, सभापतिका प्रत्याशी तथा परशुराम नपाका नगरप्रमुख, उपप्रमुखको आंशिक बाँकी, सुदूरपश्चिम प्रदेश सभा सदस्य, प्रमुख सचेतक, माननीय गोविन्द बोहराको १ लाख ७ हजार पुरै बाँकी, संविधान सभा सदस्य नरभान कामीको १ लाख १५ हजार पुरै बाँकी , एक जना गापा उपाध्यक्ष, ३ जना कार्यपालिका सदस्यहरू, ४९ जना वडा सदस्यहरू, २ जना जिल्ला कार्य समिति सदस्य, २ जना आमन्त्रित सदस्य गरि ६९ जनाको करिब २१ लाख ३ हजार लेबी बुझाउन बाँकी रहेको जिल्ला कार्य समिति श्रोतले जनाएको छ । 

भवन निर्माणको सबै आयस्रोतको विवरण पार्टी कार्यालयको सभाकक्षमा सार्वजनिक गरिएको छ खर्च हिसाब पनि पारदर्शी छ तर पत्रकार बोलाएर हिसाब पाइन्छ कि पार्टीको वा संस्थाको विधिवत् कार्यक्रममा हिसाब प्रस्तुत हुन्छ ? पार्टीको कुनै पनि अधिवेशन प्रक्रिया वैधानिक भएको छैन जिम्मेवार व्यक्तिले यस्ता भ्रमहरू फैलाएर आफ्नो गरिमा पनि ध्वस्त पार्नु विडम्बनाको विषय भन्दै भट्टले यस्ता गैर जिम्मेवार अभिव्यक्ति नदिन चेतावनी पनि दिएका छन् । 

यस बारेमा टेलिफोनबाट उपसभापतिसँग बुझ्दा उनले पार्टीको हिसाब खोज्नेले पार्टीमा कति रकम हालेका छन् के काम गर्न बजेट हालेका हुन हामीलाई कुनै जानकारी छैन भन्दै भवन निर्माणको विषयमा भवन निर्माण समिति र पार्टीको आन्तरिक आयव्ययका विषयमा जिल्ला कार्य समिति कोषाध्यक्ष हरि प्रसाद अवस्थीले डडेलधुरा बासीलाई जानकारी हुने गरि हिसाब सार्वजनिक गर्न आग्रह पनि गरेका छन् । 

नेता कार्यकर्ताले दिएको जिम्मेवारीबाट पन्छिने, आवश्यक भूमिका निर्वाह नगर्ने, पार्टीका कार्यक्रमलाई प्रभावहीन बनाउन खोज्ने, कहीँ कतै केही कमीकमजोरी भई हाले पनि केन्द्रीय सभापतिलाई कुरा लगाउने, निर्वाचित पदाधिकारी भएर बैठकमा उपस्थिति नजनाउने बहिष्कार रणनीतिमा बैठकमा सहभागी भएर कुरा चोर्ने र पार्टी प्रणालीमा जान खोज्दा र सैद्धान्तिक विषयमा प्रवेश गर्दा भाँजो हालेर उल्टो आफू माथि आक्रमण गरेको भन्दै मिडिया बाजी गराउने, पार्टीको आन्तरिक बैठकमा नियोजित रूपमा कार्यकर्ताहरू बोलाएर निहुँ खोज्ने प्रवृत्ति नै आजको प्रमुख समस्या हो, नेता महरको अभिव्यक्तिको खण्डन र आपत्ति जनाउँदै पार्टी जिल्ला सभापति करुणा कर भट्टले पार्टीको लेबी नबुझाउने हरूले नै हिसाब खोज्नुमा लज्जाको विषय भएको बताएका छन् ।

पार्टीको हिसाब खोजिरहेका नेता महरले भने लेबी बुझाउनु पर्ने बाँकी रहेको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ