arrow

प्रेस काउन्सिलले सुरु गर्‍यो ‘इयर बुक’

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ९ शनिबार
press-council-year-book.jpg

काठमाडौँ। प्रेस काउन्सिल नेपालले नेपाली पत्रकारिताको इतिहासमा पहिलो पटक अङ्ग्रेजी वर्ष पुस्तक ‘इयर बुक’ को प्रकाशन गरेको छ। काउन्सिलको ५२ औँ वार्षिकोत्सवका अवसरमा राष्ट्रपति भवन शीतल निवासमा बुधवार आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले बुक सार्वजनिक गरेकी थिइन्।

‘इयर बुक’ मा पत्रकार आचारसंहिता कार्यान्वयनको अवस्था, नेपाली मिडियामा गलत सूचनाका कारण आचारसंहिता र विश्वसनीयतामा चुनौती, कोभिडले पत्रकारितामा ल्याएको सङ्कट, नेपालमा प्रेस स्वतन्त्रताको अवस्थाको दृश्यावलोकन, नेपाली मिडियामा सामाजिक विविधता र आचारसंहिता, मिडियामा महिलाको उपस्थिति लगायतका १४ वटा विषयमा अनुसन्धानमूलक लेख रहेका छन्।

कार्यक्रममा कानुन मन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले काउन्सिल पत्रकारहरूको अविभावकीय संस्था भएको भन्दै ‘इयर बुक’ प्रकाशनले थप परिपक्वता देखाएकोमा खुसी व्यक्त गरे। उनले समयानुकूल पत्रकारिताको विकासका लागि काउन्सिलले गरेको कामको प्रशंसा गरे।

नेपाली पत्रकारिताका विभिन्न घटना, चुनौती, समस्या र समाधानका उपायहरूसहितको पहिचान गराउने अभिप्रायले अङ्ग्रेजी वर्ष पुस्तक ‘इयर बुक’ को प्रकाशन थालिएको काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले बताए। “नेपालको मिडियाबारे यो नै पहिलो ‘इयर बुक’ हो, यसमा मिडिया क्षेत्रका विभिन्न विज्ञहरूले महत्त्वपूर्ण विषयमा अनुसन्धानमूलक प्रस्तुति राखेका छन्”– अध्यक्ष बस्नेतले भने।

‘इयर बुक’ लाई लक्ष्मणदत्त पन्त, लीलाराज उपाध्याय र कमलदेव भट्टराईले सम्पादन गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ