arrow

ठुला लगानीको स्रोत खुलाउनु नपर्ने भन्ने सरकारको कार्यक्रमप्रति नेता सिंहको आपत्ति

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ९ शनिबार
prakashman1.jpg

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले ठुला लगानीको स्रोत खुलाउनु नपर्ने भन्ने अर्थमन्त्री जनार्दज शर्माको बजेट कार्यक्रमप्रति आपतत्ती जनाएका छन् ।

शनिबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उनले सरकार गठबन्धनको भएपनि अर्थमन्त्रीको उक्त कार्यक्रमप्रति प्रधानमन्त्रीले गम्भीरताका साथ सोच्नुपर्ने बताएका हुन् ।

दुई तिहाईको सरकार आफ्नै कर्मका कारण असफल भएको भन्दै के कति कारण ओली सरकार असफल भयो जनताका बीचमा ‘अन पपुलर’ भयो यो भनिरहनु नपर्ने बताए । उनले शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारलाई काम गर्न सहज नभएपनि जनचाहना अनुरुप काम गर्न केन्द्रीत हुनुपर्ने बताए ।

सरकारले पूर्णता नपाउनुको मुख्य कारण शेरबहादुर देउवा नभएर गठबन्धन भित्र रहेका दलहरुका कारण रहेको बताए । ‘केही दल नयाँ बनिरहेका छन् ती भित्र केही आन्तरिक समस्या छन । जसले सरकारले पुर्णता पाउन ढिला भइरहेको छ,’उनले भने ।

ंिहले सभापति प्रधानमन्त्री शेरबहादुरले यस विषयलाई गम्भीरताका साथ लिएर जति सक्दो गठबन्धन भित्र रहेका दलहरुसँग कुरा गरेर पुर्णता दिनुपर्ने औंल्याए । सरकारले जनअपेक्षा अनुरुप काम गर्ने कुराप्रति गम्भीरता साथ लिन समेत प्रधानमन्त्रीको ध्यानाकर्षण गराए ।

सरकारले गरेका हरेक कामको जिम्मेवारी प्रधानमन्त्रीसँग जोडिने हुनाले तत्कालै लगानीको स्रोत नखुलाई काम गर्ने बिषयमा प्रधानमन्त्री चुप लागेर बस्न नमिल्ने उनको भनइ थियो ।

कांग्रेस महाधिवेशनमा होमीसकेकाले अब यो या त्यो बहानामा महाधिवेशन प्रभाबित पार्न नहुने भन्दै अब हर तवरबाट महाधिवेशन सफल गराउन लाग्न समेत सबैमा अपिल गरे । अब पार्टीमा पुरानै नेतृत्व दोहोरिनु नहुने भन्दै उनले नयाँ डेलिभर गर्न सक्ने चुनौति सामना गर्नसक्ने भिजन भएको र ‘क्लन इमेज’ भएको नेता छान्न आग्रह पनि गरे ।

ठुला परिवर्तनको अगुवाइ गरेको काठमाडौं जहिले पनि जिम्मेवारीबाट पन्छाइने गरेको भन्दै यसपटक आफू कांग्रेस सभापतिको रेसबाट पछि नहट्ने दोहोर्याउँदै उनले यतिबेला देशभरका कार्यकर्ताले आफूलाई दिएको फिटब्याकका कारण पनि आफू राजनीति र कांग्रेस पार्टी सुदृढिकरणमा लाग्ने बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ