- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
कञ्चनपुर । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत शनिबार भईरहेको स्थानीय तहको अधिवेशनमा कञ्चनपुरका तीन स्थानीय तहमा निर्विरोध नेतृत्व चयन भएको छ । दोधाराचाँदनी, शुक्लाफाँटा र कृष्णपुर नगरपालिकामा नेतृत्व चयन भएको हो
दोधाराचाँदनीमा राजेन्द्र मल्ल, शुक्लाफाँटामा दान बहादुर ऐर र कृष्णपुरमा बिष्णु खड्का नगर सभापतिमा निर्वाचित भएका छन् । तीनै स्थानीय तहमा सभापति निर्विरोध निर्वाचित भएका हुन् । दोधाराचाँदनीमा रमेश लेखक प्यानल, शुक्लाफाँटा र कृष्णपुर नगरपालिकामा एनपी साउद प्यानल निर्विरोध निर्वाचित भएका हुन् ।
कांग्रेस कञ्चनपुरका प्रचारप्रसार विभाग प्रमुख चक्र महताले तीनै पालिकामा सभापति सहितका पदाधिकारी निर्विरोध चयन भएको बताए । अन्य ६ पालिकाहरुमा निर्वाचन भईरहेको छ । बेलडाँडीमा बाजे नातीबिच प्रतिस्पर्धा भईरहेको छ । संस्थापन पक्षबाट गजेन्द्र बहादुर विष्ट, देउवा पक्षबाट पृत बहादुर विष्ट चुनावी मैदानमा छन् । दुवै विष्टद्वय नातिबाजे हुन । भीमदत्त, बेदकोट, बेलडाँडी, बेलौरी, पूनर्वास,सहमती हुन नसकेपछि चुनाव भईरहेको छ ।
लालझाडीको सभापतिमा श्रीकृष्ण राना निर्वाचित
नेपाली कांग्रेस लालझाडीको गाँउ सभापतिमा श्रीकृष्ण राना निर्वाचित भएका छन । श्रीकृष्ण रानाले आफ्ना प्रत्यासी राजेश रानालाई झण्डै दोब्बर मतले पछादै गाँउ सभापतिमा निर्वाचित भएका हुन ।
श्रीकृष्णले ६३ र राजेश रानाले २७ मत ल्याएका थिए । कांग्रेस कञ्चनपुरका नेता गोपाल गुरुङ्गले कुल ९३ मतदाता मध्ये ९० मत खसेको बताए । १ मत बदर भएको छ । उप सभापतिमा बिर बहादुर बिष्ट, लक्ष्मण राना, सचिवमा रामेश बिष्ट, मेघ राना, सह सचिवमा शिवनारायण चौधरी र राम बहादुर चौधरी निर्वाचित भएका छन् । उनी काँग्रेस कञ्चनपुरका नेता गोपाल गुरुङ्ग निकट हुन् ।
नातीद्वारा बाजे पराजित
नेपाली कांग्रेस बेलडाँडी गाँउपालिकाको सभापतिमा गज बहादुर बिष्ट निर्वाचित भएका छन् । शनिबार सम्पन्न भएको निर्वाचनमा बिष्टले आफ्ना निकटतम प्रतिस्पर्धी पृत बहादुर बिष्टलाई ८ मतको अन्तरले हराउँदै बेलडाँडी सभापतिमा चयन भएका हुन । गज बहादुर विष्टले ४५ र पृत बहादुर विष्टले ३७ मत ल्याएका थिए । निर्वाचित विष्ट संस्थापन दिवान बिष्ट नजिकका नेता हुन् । भने पराजित अर्का उम्मेदवार पृत बहादुर विष्ट संस्थापन भएपनि अहिले एनपी साउद पक्षबाट साथ सर्मथन पाएका थिए । सभापतिका उम्मेदवार बिष्टद्वय बाजेनाती हुन् । प्यानल फरक भएकाले उनीहरु चुनावी मैदानमा होमिएका थिए ।
उप सभापतिमा टिका सिह खड्का ४३, ठगन राना ४०, सचिवमा धन बहादुर रोकाया निर्वाचित भएका छन् । उनले सबैभन्दा बढि ४२ मत ल्याएका छन् । दोस्रो सचिवमा कुलैराज उपाध्याय निर्वाचित भएका भएका छन् । कुलैराज उपाध्याय र सचिन कठायतले बराबर ३८ मत ल्याएका हुन् । कठायत र उपाध्याय साथी हुन् । कठायत एनपी साउद पक्ष र उपाध्याय दिवान सिह बिष्ट पक्षबाट चुनावमा होमिएका थिए ।
सचिवमा देशुराम चौधरी ३८, नरेश सिह धामी ३७ मत ल्याएका थिए । कांग्रेस बेलडाँडीको सभापतिमा निर्वाचित भएका जग बहादुर बिष्टले पार्टीलाई एक ढिक्का बनाएर स्थानीय तहको निर्वाचनमा काँग्रेसलाई निर्वाचित गराउने योजना रहेको बताए ।