- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
कावासोती । नेपाली काङ्ग्रेसको कावासोती नगरपालिकाको सभापति पदमा आमाको शोकमा किरिया बसेका किरियापुत्री कावासोती–३ का वडा अध्यक्ष अमृतकुमार श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् ।
शनिबार वीपी स्मृति भवन कावासोतीमा औपचारिक समारोह आयोजना गरेर श्रेष्ठले आफ्नो नेतृत्वमा पदाधिकारीको प्यानल घोषणा गरेका हुन ।
शनिबार घोषणा गरिएको प्यानलको सभापतिमा अमृत कुमार श्रेष्ठ, उपसभापतिमा जित बहादुर महतो र मुक्ति थापा पुलामी, सचिवमा लेखनाथ दवाडी र हरिवंश सुवेदी, सहसचिबमा पुष्पादेवी गुरौ र भिम बहादुर अधिकारी रहेका छन् ।
जिल्लामा महामन्त्री डाक्टर शशांक कोइराला निकट समूहमा रहेर श्रेष्ठले प्यानल सहितको उम्मेदवारी घोषणा गरेका हुन ।
यस अघि जिल्लाका काङ्ग्रेस नेता महेन्द्रध्वज जिसिको निकट रहेका शालिकराम ढकालले प्यानल सहित उम्मेदवारी घोषणा गरेका थिए ।