arrow

जिपी फाउन्डेसन अमेरिकाले दोस्रो पटक बाँड्यो शैक्षिक तथा स्वास्थ्य सामग्री

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १० आइतबार
GP-US.jpg

न्यूयोर्क । गिरिजा प्रसाद कोइराला फाउन्डेशन अमेरिका(जिपी फाउन्डेसन) च्याप्टर र न्यूयोर्कस्थित ख्यातीप्राप्त हेल्थ ईन्सुरेन्स कम्पनी हेल्थ फर्स्टको संयुक्तआयोजनामा स्थानीय समुदायका करीव १६७ वालवालिकाहरूलाई  एक समारोहबीच आकर्षक झोला, शैक्षिक सामग्री, स्यानेटाईजर एवं मास्क लगायतका स्वास्थ्य सामाग्रीहरू वितरण गरेको छ ।

स्थानीय समय अनुसार विहान करीव ९ बजे उडसाईड, क्वीन्स ६९ स्ट्रीटको पार्कवाट फाउन्डेशनका अध्यक्ष सोमनाथ घिमिरे एवं पदाधिकारीहरू र हेल्थफर्स्टका पदाधिकारीहरूले संयुक्त रूपमा सो वितरण आरम्भ गरेका थिए । कार्यक्रममा स्थानीय डेमोक्रेटिक पार्टीका तर्फवाट न्यूयोर्क सिटी ऐसेमब्ली मेम्बर नोमिनी जुली वागं उपस्थित भएर कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरेकी थिइन ।

यसैगरी स्थानीय समाजसेवीद्वय लव बुडा मगर र आदित्य महर्जन, नेपाल भिजन ईन्कका अध्यक्ष मोहनकृष्ण श्रेष्ठ, एनआरएन न्युयोर्कच्याप्टरका सचिव वाशु लामिछाने, समाजसेवी तेन्जिङ सेयाड, कांग्रेस युवा नेता राजु रौनियार र कांग्रेस महिला नेतृ कमला पन्तको पनी कार्यक्रममा उपस्थिति एवं सहयोग रहेको थियो। फाउन्डेशनका उपाध्यक्ष सुवर्ण लामा, महासचिव छिरिङ राप्के लामा, प्रवक्ता एवं कार्यसमिति सदस्य रामचन्द्र अधिकारी, कार्य समिति सदस्यहरू सूर्य सिंखडा र ध्रुव कुँवर क्षेत्री र अन्य स्वयमसेवीहरुले सक्रिय भूमिका निर्वाह गरेका थिए ।

कार्यक्रममा शुभकामना दिँदै डेमोक्रेटिक पार्टीबाट सिटी काउन्सील मेम्बर नोमिनी जुली वागंले कार्यक्रममा सहभागी हुन पाएकोमा आफू स्थानिय समाजसेवीको हैसियतले अत्यन्त प्रशन्न भएको र भविष्यमा समुदायका हरेक सकारात्मक काममा आफुले यथासक्य सहयोग गर्ने प्रतिवद्दता जाहेर गरे ।

हेल्थफर्स्टकी कार्यक्रम संयोजक दियानोरा अब्रीयुले आफुहरूले फाउन्डेशनसँग मिली स्थानीय वालवालीकाहरूलाई झोला एवं स्वास्थ्य सामाग्री वितरण गर्न पाएकोमा खुशी व्यक्त गर्दै समाजमा शिक्षा र स्वास्थ्यलाई संयोजन गर्न आफुहरूको यो पवित्र अभियान भएको जनाए । 

जिपी फाउन्डेशनका अध्यक्ष सोमनाथ घिमीरेले फाउन्डेशनले सधैं सामाजिक आवश्यकतामा आधारित काममा हात हाल्ने र सो पुरा गर्दैआएको साथै कोरोना कहरका बीच  पुनःवालवच्चाहरूलाई प्रशन्न पार्न यो पवित्र कार्यक्रम गर्न पाएकोमा गर्व लागेको र आगामी दिनहरूमा अझै यस्ता कार्यक्रम गर्दै जाने अठोट गरे ।

फाउन्डेशनले यसअघि पनी सेप्टेम्वर १२ का दिन एक विशेष समारोह गरी करिव १२५ वाल वालिकाहरूलाई झोला एवं स्टेशनरी सामाग्रीहरू वितरण गरिसकेको र यो वर्षको यो झोला तथा स्टेशनरी वितरण दोस्रो कार्यक्रम भएको कुरा प्रवक्ता रामचन्द्र अधिकारीले बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ