arrow

ओलीको दाबी : संसद विघटन गलत थिएन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १० आइतबार
kp-oli-standing-committee-meet.jpg

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद विघटन गलत नभएको दाबी गरेका छन् । एमालेको जारी केन्द्रीय समिति बैठकलाई आइतबार सम्बोधन गर्दै ओलीले प्रधानमन्त्री रहँदा दुई पटक आफूले गरेको संसद विघटनको निर्णय सही भएको बताए ।

एमाले बैठकमा संसद विघटनबारे प्रश्न उठेपछि अध्यक्ष ओलीले जवाफ दिंदै यस्तो भनेका हुन् ।

‘निर्वाचनमा जाने जनमत लिने निर्णय कहिल्यै पनि प्रतिगमन होइन, गलत होइन,’ बैठकमा प्रश्नको जवाफ दिंदै ओलीले भनेका छन् ।

च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा तीन दिनदेखि एमाले केन्द्रीय कमिटी बैठक जारी छ । बैठकमा विधान महाधिवेशनमा कसरी जाने भन्ने विषयमा बहस र छलफल हुँदैछ ।

ओलीले पहिलो पटक ५ पुस २०७७ र दोस्रो पटक ७ जेठमा प्रतिनिधिसभा विघटन गरेका थिए । तर दुवै पटकको उनको निर्णय सर्वोच्च अदालतले उल्टाइदिएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ