arrow

म्याग्दीका सबै पालिकामा चुनियो कांग्रेसको नेतृत्व, चारमा सर्वसम्मत; दुईमा निर्वाचन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ११ सोमबार
congress-14th-general-convention.jpg

गलेश्वर । नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशन अन्तर्गत म्याग्दी जिल्लाका सबै पालिकामा नयाँ नेतृत्व चयन गरिएको छ । म्याग्दीको गाउँ–नगर अधिवेशनमा चार स्थानीय तहमा सर्वसम्मत र दुईमा निर्वाचनबाट नेतृत्व चयन भएको छ ।

म्याग्दीको बेनी नगरपालिका र अन्नपूर्ण गाउँपालिकामा मतदानबाट नेतृत्व चयन गरिएको छ भने अन्य चार गाउँपालिकामा सर्वसम्मत नेतृत्व चयन भएको हो । बेनी नगर सभापति पदमा रवीन्द्र कार्की निर्वाचित भएका छन् । 

आइतबार सम्पन्न निर्वाचनमा कार्कीले सभापतिका उम्मेदवार विक्रम बोगटीलाई आठ मतले पराजित गर्दै विजयी भएको निर्वाचन अधिकृत निरञ्जन राजभण्डारीले जानकारी दिए ।

अन्नपूर्ण गाउँपालिकाको सभापतिमा बलबहादुर तिलिजा निर्वाचित भएका छन् । सभापतिका प्रत्यासी कृष्णप्रसाद बरुवाललाई एक मतले पराजित गर्दै तिलिजा निर्वाचित भएका हुन् । 

रघुगङ्गा गाउँपालिकामा मनकुमार शेरपुञ्जा सर्वसम्मत सभापतिमा चयन भएका छन् । उनी रघुगङ्गा–६ पाखापानीका वडाध्यक्षसमेत हुन् । पश्चिम म्याग्दीको धौलागिरिमा प्रेम पुन ,मालिकामा खिम पुनः र मङ्गला गाउँपालिकामा नरसिंह खत्री सर्वसम्मत सभापति निर्वाचित भएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ