arrow

मुस्ताङ बन्यो कांग्रेसको नमूना जिल्ला, सबै पालिका नेतृत्व सर्वसम्मतबाटै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ११ सोमबार
mustang.png

मुस्ताङ । नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशन अन्तर्गत पालिका निर्वाचनमा मुस्ताङले उदाहरण प्रस्तुत गरेको छ । कांग्रेस पनि सर्वसम्मतमा चल्न सक्छ भन्ने मुस्ताङ जिल्ला उदाहरणीय बनेको हो । नमूना जिल्ला नै बन्ने क्रममा मुस्ताङका पाँचवटै गाउँपालिकामा सर्वसम्मतरुपमा नेतृत्व चयन भएको छ ।

मुस्ताङका लोमान्थाङ, लोघेकर दामोदरकुण्ड, घरपझोङ, थासाङ र वारागुङ–मुक्तिक्षेत्र गाउँपालिकामा सर्वसम्मतिबाट नेतृत्व चयन गरिएको हो । नेपाली कांग्रेस मुस्ताङका अनुसार  लोमान्थाङमा छेवाङ झिम्मी विष्ट र लोघेकर दामोदरकुण्डमा टसी लेन्डुप गुरुङ सर्वसम्मत चयन भए । 

त्यस्तै घरपझोङमा यामप्रसाद थकाली, थासाङमा रुपेश गौचन र वारागुङ–मुक्तिक्षेत्र गाउँपालिकाको सभापतिमा आङजिङ गुरुङ सर्वसम्मतरुपमा चयन भएका छन् । 

क्रियाशील कार्यकर्ताको नामावलीमै विवाद भएर अहिलेसम्म १३ जिल्लाको वडा अधिवेशनसमेत हुन नसकेको अवस्थामा मुस्ताङ सहमतिका लागि सेतु बन्न सक्ने देखिन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ