arrow

भीम रावललाई सुदूरपश्चिम इन्चार्ज दिने-नदिने ओलीको जिम्मा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ११ सोमबार
Bhim-rawal.gif.gif

काठमाडौं। नेकपा एमालेले सुदूरपश्चिम इन्चार्जको विषयमा विवाद समाधान गर्ने जिम्मा पार्टी अध्यक्ष केपी ओलीलाई सुम्पेको छ। १० बुँदे सहमति अनुसार एमालेको सुदूरपश्चिम इन्चार्ज आफू हुनु पर्ने भन्दै भीम रावलले बैठकमा असन्तुष्टि राख्दै आइरहेका छन् । सोमबार बसेको स्थायी कमिटी बैठकमा सुदूरपश्चिम इन्चार्जबारे छलफल भएको थियो ।

अध्यक्ष ओलीले यसअघि सुदूरपश्चिम इन्चार्जको जिम्मा लेखराज भट्टलाई दिएका थिए। तर पार्टी भित्र १० बुँदे सहमतिपछिको अवस्थामा सो निर्णय पनि पुनर्विचार हुनु पर्ने रावलको अडान छ ।

सो विषयको विवाद मिलाउने जिम्मा एमालेले अध्यक्ष ओलीलाई दिएको हो । सोमबारको बैठकमा सुदूरपश्चिम इन्चार्जबारे छलफल भएको र रावल र भट्टमध्ये एकलाई अर्को जिम्मेवारी दिएर मिलाउन सकिने विषयमा छलफल भएको थियो ।

एमाले स्थायी कमिटी सदस्य पृथ्वी सुब्बा गुरुङले बैठकले एक जनालाई कुनै जिम्मेवारी दिने गरी अध्यक्षलाई निर्णय गर्ने अधिकार दिएको जानकारी दिए ।

यसअघि आइतबार बसेको बैठकबाट भने उपाध्यक्ष रावल १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै बाहिरिएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ