arrow

ओलीले दिए भीम रावललाई कार्यदल संयोजकको जिम्मेवारी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ११ सोमबार
Bhim-rawal.gif.gif

काठमाडौं। नेकपा एमालेले दश बूँदे सहमति कार्यान्वयनका लागि गठित कार्य दलको संयोजकमा उपाध्यक्ष भीम रावललाई तोकेको छ। सोमबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा बसेको पार्टी स्थायी कमिटी बैठकले उपाध्यक्ष रावललाई सो कार्यदलको संयोजक बनाउने निर्णय गरेको हो ।

अध्यक्ष केपी शर्मा ओलीको निर्देशन अनुसार बैठकले दश बूँदे सहमति कार्यान्वयनमा केही ठाउँमा समस्या देखिएको उल्लेख गर्दै ती समस्या समाधान गर्ने जिम्मेवारी पनि सो कार्य दललाई दिने निर्णय गरेको पार्टीका प्रचार विभाग प्रमुख योगेशकुमार भट्टराईले जानकारी दिए ।

कार्यदलमा रावलसहित महासचिव ईश्वर पोखरेल, उपमहासचिवद्धय विष्ण पौडेल र घनश्याम भुसाल, स्थायी कमिटीका सदस्यहरु सुरेन्द्र पाण्डे र लेखराज भट्ट रहेका थिए भने नेता शंकर पोखरेललाई पनि कार्य दलमा राख्ने निर्णय गरेको छ ।

प्रचार विभाग प्रमुख भट्टराईले भने, ‘अव जहाँसम्म दश बुँदे कार्यान्वयनको कुरा छ । धेरै मिडियाहरुमा पनि आईनै राखेको छ । यसमा पनि हामीले व्यापक छलफल गर्‍यौं । विभिन्न ठाउँका समस्याहरुको बारेमा पनि छलफल गर्‍यौ । र पार्टी अध्यक्षले यसलाई सकारात्मक ढंगले नै कार्यान्वयन गर्ने कुरा गर्नु भएको छ । त्यसमा प्रतिवद्धता दिनु भएको छ । र हाम्रा सबै साथीहरुलाई एकतावद्ध ढंगले समेटने कुरा नै पार्टी अध्यक्षले गर्नु भएको छ ।’

हिजो पूर्व एमालेभित्र देखिएको समूहबन्दीको अवस्थालाई पनि अन्त्य गर्दै सबैलाई एमालेमा गोलबन्द गर्ने, एकताको प्रक्रियामा पूर्व माओवादीतर्फ रहेका वा पार्टी एकताको क्रममा रहेर नेकपा एमालेमै समाहित भएकाहरुलाई पनि मान, सम्मान र प्रतिष्ठानलाई उचित ढंगले सम्बोधन गर्ने पनि निर्णय भएको छ । 

दश बूँदेलाई रचनात्मक ढंगले कार्यान्वयन गर्ने भन्ने बैठकको निष्कर्ष रहेको भट्टराईले सुनाए । ‘दश बुँदेको कुनै ठूलो समस्या बनाउनुपर्ने आवश्यक्ता नरहेको र कुनै आतंक नभएको भन्दै अध्यक्ष ओली सहज ढंगले धेरै ठाउँमा कार्यान्वयन भइसकेको र केही ठाउँमा समस्याहरु देखिएका जनाका छन् ।। उक्त बारेमा सम्बन्धित जिम्मेवारी दिएकाहरुले हल गर्न ओलीले निर्देशन दिए ।

विगतमा बनेको ६ सदस्यीय कार्य दल अर्थात पार्टीका जिल्ला कमिटीहरु, प्रदेश कमिटीहरु, तहगत कमिटीहरु, विभागहरुलाई समायोजन गर्न बनेको कार्य दल नै यो समस्या हल गर्नका निम्ति ओलीले जिम्मेवारी दिएका हुन् । कार्यदलमा ६ जनाबाट एक जना थपेर ७ जना बनाइएको छ । जसमा शंकर पोखरेल थपिएका छन् । उक्त कार्य दलको बैठक भोली मंगलबारलाई बोलाइएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ