arrow

दिगो विकास एम्बेस्डर कार्यक्रमका निम्ति सम्झौता सम्पन्न

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १२ मंगलबार
MoU-signing-kcc.jpg

काठमाडौं। कल्प एकेडेमी र आईसीए नेपाल बीच नेपालमा दिगो विकास लक्ष्यको कार्यान्वयनका निम्ति एम्वेस्डर कार्यक्रम सञ्चालन गर्ने सम्झौता भएको छ । संयुक्त राष्ट्र संघले १७ वटा लक्ष्य मार्फत आगामी सन् २०३० सम्म विश्वव्यापीरूपमा दिगो विकास हासिल गर्ने उद्देश्य लिएको छ । 

कान्तिपुर सिटी कलेजसँग आबद्ध कल्प एकेडेमी र आईसीएद्वारा सञ्चालित 'फण्डरेजिङ्ग फर एनजिओ’ को सक्रिय सहभागितामा यो कार्यक्रम सञ्चालन गरिनेछ । यस कार्यक्रम मार्फत हरेक वर्ष न्यूनतम ५०० युवाहरूलाई दिगो विकास बारे सुसूचित गर्दै एम्बेस्डरका रूपमा विकास गरिनेछ । हरेक सहभागीहरुलाई सूक्ष्म आयोजना सञ्चालन गर्न आर्थिक सहयोग समेत प्रदान गरिने छ । 

कार्यक्रम सम्झौतामा हस्ताक्षर गर्दै कल्प एकेडेमीका निर्देशक रवि खनालले यस एम्बेस्डर कार्यक्रममा युवाहरूलाई अवसर दिइने कुरा बताए । आईसीए नेपालका निर्देशक इशु सुब्बाले आईसीएले विश्वभरि सञ्चालन गर्दै आएको 'यूथ फेसिलिटिभ लिडरशिप’ यस कार्यक्रमको मुख्य अङ्ग रहने कुरा बताए । यस कार्यक्रममा नेपाल तथा विदेशका प्रशिक्षकहरुको संलग्नता रहनेछ । 

सम्झौता हस्ताक्षर कार्यक्रममा त्रिभूवन विश्व विद्यालयका प्राध्यापक तत्त्व प्रसाद तिम्सिना, केसिसिका प्राध्यापक राजु कट्टेल र आईआइक्यूएका प्रमुख इनुशा खड्काले आ–आफ्नो राय राख्दै कार्यक्रमको सफलताको कामना गरे । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ