- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । माओवादी केन्द्रका नेता वर्षमान पुनलाई थाइल्याण्ड लगिने भएको छ । लामो समयदेखि जन्डिस रोगबाट पीडित पुनको थप उपचारका लागि बुधबार थाइल्याण्ड लगिने भएको हो ।
जन्डिसको मात्रा नघटेकाले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेता पुनको थप उपचारका लागि आवश्यक कदम चाल्न सुझाव दिएका थिए । नेता पुन बुधबार बिहानै श्रीमती तथा पूर्व सभामुख ओनसरी घर्तीका साथ बैंकक जाने तयारीमा छन् ।
पछिल्ला केही दिनदेखि उनको स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारका लागि बैंकक लैजान लागिएको हो । नेता पुनलाई जन्डिसको मात्रा बढेको, वान्ता हुने र ज्वरो आउने जस्ता समस्या देखिएपछि ललितपुरस्थित सुमेरु अस्पतालमा उपचार गरिएको थियो ।
नेता पुनका स्वकीय सचिव सन्तोष पुनले अध्यक्ष प्रचण्डलगायतका नेताहरूको सल्लाहपछि थप उपचारका लागि उनलाई थाइल्याण्डको बु्रमुङगार्ड अस्पताल लैजाने तयारी गरिएको छ । उपचारमा संलग्न चिकित्सकका अनुसार नेता पुनलाई वंशाणुगत रूपमा सङ्क्रमण भएको जन्डिसले दुःख दिने गरेको छ ।