arrow

हिमाली जिल्ला दार्चुलाको क्षेत्रीय तथा जिल्ला अधिवेशन दसैँपछि 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १२ मंगलबार
congress-14th-general-convention.jpg

दार्चुला । नेपाली काँग्रेस दार्चुलाको क्षेत्रीय तथा जिल्ला अधिवेशन दसैँ पछि हुने भएको छ । भौगोलिक विकटतासँगै तयारी अपुग हुँदा प्रदेश क्षेत्रीय अधिवेशन र जिल्ला अधिवेशन दसैँ अगाडि गर्न नसकिने जनाइएको छ । 

काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत क्षेत्रीय अधिवेशन असोज १२ गते र जिल्ला अधिवेशन असोज १५ गते गर्ने भनेकोमा तयारी नपुगेकाले दसैँ अघि गर्न नसकिने नेपाली काँग्रेस दार्चुलाका सभापति ललित सिंह बोहराले जानकारी दिए ।

नेपाली काँग्रेसले १४ औँ महाधिवेशनअन्तर्गत दार्चुलासहित हिमाली २१ जिल्लाको अधिवेशन दसैँ अगाडि गरिसक्ने कार्यतालिका बनाएको भए पनि भौगोलिक विकटतालाई मध्यनजर गर्दै दार्चुलाको अधिवेशन दसैँ पछाडि सरेको हो । 

नेपाली काँग्रेस केन्द्रीय निर्वाचन समितिले पूर्व निर्धारित कार्य तालिका अनुसार निर्वाचन गर्ने र उक्त कार्यतालिका अनुसार गर्न नसक्ने भए जिल्ला सभापति र जिल्ला निर्वाचन अधिकृतले केन्द्रीय समितिलाई जानकारी गराउन भनेको छ ।

 सोही अनुसार दार्चुलाको क्षेत्रीय तथा जिल्ला अधिवेशन दसैँपछि हुने केन्द्रीय निर्वाचन समितिलाई जानकारी गराइ सकिएको पार्टी सभापति बोहराले बताए । दार्चुलामा पहिलो चरणमा ६१ वडा र दोस्रो चरणमा ९ वटा पालिकाको अधिवेशन सम्पन्न भइसकेको छ । 

जिल्लाको वडा अधिवेशनमा सर्वसम्मत रूपमा नेतृत्व चयन भएकोमा पालिकामा भने चुनावी प्रतिस्पर्धा भएको छ । दार्चुलाका ५ स्थानीय तहमा सर्वसम्मत तथा ४ स्थानीय तहमा निर्वाचन प्रक्रिया मार्फत नेतृत्व चयन गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ