arrow

संविधान, लोकतन्त्र र संसदीय परिपाटी भत्काएर सरकार स्वच्छाचारी बन्यो: केपी ओली

'सरकारले संविधान मिच्दापनि सञ्चारमाध्यमहरु किन चुप ?’ 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १२ मंगलबार
kp0.jpg

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरवहादुर देउवा नेतृत्वको गठबन्धन सरकार संविधान,लोकतन्त्र र संसदीय परिपाटी भत्काएर स्वच्छाचारी बन्दै गएको आरोप लगाएका छन् ।

काठमाडौंमा मंगलबार सम्पादकहरुसँगको अन्तरक्रियामा ओलीले सरकारले संविधान मिच्दापनि सञ्चारमाध्यमहरु चुप लागेको आरोप लगाए । तर उनले आफू तीन वर्षसम्म सत्तामा रहँदा मिडियाले सहयोग गरेको भन्दै सम्पादकहरुको प्रशंसा गरे । 

सूचना निकालेर अध्यादेश फिर्ता नहुने जिकिर गर्दै ओलीले एकपटक जारी भएको अध्यादेश सूचना निकालेको भरमा फिर्ता नहुने र अध्यादेश संसदबाट टुङ्गो लगाउनुपर्ने बताए । 

उनले एउटा अध्यादेश रद्द गर्न अर्को अध्यादेश वा कानुन चाहिने भन्दै संसद चलिरहेको बेला संसदबाटै कानून बनाईनुपर्ने धारणा राखे । कुनै पार्टीलाई लक्षित गरेर अध्यादेश ल्याउनु अग्रगमन हो ? भन्दै उनले प्रश्न गरे । मिडियाले गलत कामको आलोचना नगर्दा सरकारले एकपछि अर्को गल्ती गरिरहेको भन्दै उनले सरकारलाई खबरदारी गर्न नसकेको टिप्पणी गरे । 

सरकारले भदौ २ गते संसदीय दल वा पार्टीको केन्द्रीय समितिको २० प्रतिशत संख्या भएमा पार्टी विभाजन गर्नसक्ने गरी राजनीतिक दल सम्बन्धि अध्यादेश ल्याएको थियो । उक्त अध्यादेशकै आधारमा नेकपा एमाले र जनता समाजवादी पार्टी फुटेको थियो । उक्त अध्यादेशलाई सरकारले सोमबार फिर्ता लिएको छ ।

ओलीले आफु प्रधानमन्त्री भएको बेला ताजा जनादेशको लागि निर्वाचन घोषणा गर्दा प्रतिगमन भयो भनेर शब्दको दुरुपयोग गरेको पनि बताए । उनले संसद्‌ले काम गर्न नसकेकाले चुनावमा जानुपर्ने धारणा राखे । ताजा जनादेशमा जानुको विकल्प नभएको उनको दावी थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ