- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । नेपाली काँग्रेसले पर्सा जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक गरेको छ ।
काँग्रेसले बिहीबार राती पर्सा जिल्लाको क्रियाशील सदस्यता पार्टीको वेबसाइटमार्फत सार्वजनिक गरेको हो ।
काँग्रेस निर्वाचन समितिका सदस्य जगन्नाथ श्रेष्ठले अब चार जिल्लाको मात्र क्रियाशील सदस्यता नामावली सार्वजनिक गर्न बाँकी रहेको बताए ।
यसअघि गत मङ्गलवार राति धनुषा, सर्लाही र कैलालीको क्रियाशील सदस्यताको अन्तिम नामावली सार्वजनिक भएको थियो ।
अब रसुवा, सप्तरी, रौतहट र बाराको क्रियाशीलताको टुङ्गो लाग्न बाँकी छ ।
काँग्रेसले यसअघि क्रियाशील सदस्यताको विवरण सार्वजनिक भएका जिल्लामा वडा अधिवेशन सम्पन्न गरी ती जिल्लामा गाउँ÷नगर अधिवेशन प्रारम्भ गरिसकेको छ ।