arrow

मुख्य प्रतिस्पर्धी दल कांग्रेस : ओली

प्रमुख दुश्मन छैन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १५ शुक्रबार
uml-lalitpur-oli-conventation-2078-5.jpg

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब नेकपा एमालेको मुख्य प्रतिस्पर्धा नेपाली कांग्रेससँग हुने बताएका छन् । एमालेको प्रथम विधान महाधिवेशनमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा ओलीले एमालेसँगको मुख्य प्रतिस्पर्धी दल कांग्रेस भएको बताएका हुन् ।

प्रतिवेदनमा ओलीले कांग्रेसलाई पुँजीवादी वर्ग चरित्र, नवउदारवादी, यथास्थितिवादी र राष्ट्रियताका विषयमा ढुलमुले रहेको भनेका छन् ।

एमालेले प्रतिवेदनमा आफ्नो प्रमुख दुस्मन भने कसैलाई देखाएको छैन । उसले बहुदलीय प्रतिस्पर्धाका आधारमा नेतृत्व हासिल गर्ने नीति लिएको पार्टी भएकाले एमालेले कुनै दल विशेषलाई प्रमुख दुस्मन घोषणा गर्ने नीति नलिएको उल्लेख छ।

उद्घाटन सत्रमा ओलीले स्वास्थ्य समस्याका कारण आफ्नो सम्बोधन भाषण पूरा गर्न सकेनन् । सम्बोधन भाषणकै क्रममा असजिलो महसुस गरेपछि उनले आफूलाई रुघाखोकीको समस्या रहेको भन्दै शङ्कर पोखरेललाई आफ्नो लिखित भाषण पढ्न लगाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ