arrow

पशुपतिका बाबालाई खुकुरी हानि भागेका लामिछाने समातिए

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १५ शुक्रबार
khukuri1.jpg

काठमाडौँ । पशुपतिमा बस्ने बाबालाई खुकुरी हानी फरार रहेका व्यक्ति पक्राउ परेका छन् । पशुपति स्थित विश्व रुपा जाने बाटोको छेउको झाडीमा बस्ने सन्तोष भन्ने बाबालाई खुकुरी प्रहार गरी फरार रहेका व्यक्तिलाई प्रहरीले शुक्रवार पक्राउ गरेको हो । 

११ गते बिहान ०५ : ४५ बजे खुकुरी प्रहार गरी भागेका तारा वहादुर लामिछाने समातिएका हुन् । चितवन जगतपुर नयाँ वस्ति ५ का ३७ वर्ष लामिछानेलाई शुक्रवार बिहान ८ बजे हेपाली हाइटबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

उनको साथबाट घटनामा प्रयोग भएको खुकुरी र झोला बरामद गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ