- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । नेकपा एमालेले पार्टीको पार्टीको पोलटव्युरो खारेज गरेको छ । गोदावरीमा जारी विधान महाधिवेशनमा पेस विधानको मस्यौदामा पार्टीमा रहँदै आएको पोलिटब्युरोको व्यवस्था हटाउन प्रस्ताव गरिएको हो ।
अब एमालेमा केन्द्रीय कमिटीपछि सोझै स्थायी कमिटी हुनेछ भने अध्यक्षको नेतृत्वमा पदाधिकारीहरू सदस्य रहेको केन्द्रीय सचिवालय गठन हुने छ ।
एमालेमा अब एक अध्यक्ष, ५ उपाध्यक्ष, एक महासचिव र ६ जना सचिव रहेको सचिवालय राख्ने गरी विधानमा संशोधन हुनेछ । यो प्रस्ताव तयार भइसकेको छ । यस्तै सदस्य २१२ जनासहित २२५ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्ने प्रस्ताव छ ।
यसै गरी महासचिवको नेतृत्वमा सचिवहरू रहेको केन्द्रीय कार्यालय हुनेछ । यस्तै बढीमा ४१ सदस्यीय स्थायी कमिटी हुनेछ ।
यसै गरी एमालेले नवौँ महाधिवेशनमा व्यवस्था गरेको उपमहासचिव पद पनि खारेज गरेको छ । नवौँ महाधिवेशनबाट विष्णु पौडेल र घनश्याम भुसाल उपमहासचिवमा निर्वाचित भएका थिए ।
विधान मस्यौदामा एमालेले सातै प्रदेशका पार्टीका अध्यक्षहरूलाई केन्द्रीय कमिटीमा पदेन सदस्य प्रस्ताव गरेको छ ।
यस्तै १ जना अध्यक्ष, १ जना उपाध्यक्ष, १ जना सचिव र १२ जना सदस्यसहितको केन्द्रीय अनुशासन आयोग बनाउने पनि प्रस्ताव गरिएको छ ।