arrow

कागेश्वरीमा देउवा निकट दाहाल विजयी, प्रकाशमान निकट दाहाल पराजित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १७ आइतबार
uddav-dahal.jpg

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत काठमाडौं जिल्लाको कागेश्वरी मनहरा नगर अधिवेशनमा केन्द्रीय सभापति शेरबहादुर देउवा निकटका उद्धव दाहाल विजयी भएका छन् । 

शनिबार भएको नगर अधिवेशनबाट संस्थापन समूहनिकट दाहालले प्रकाशमान सिंह निकटका मिठ्ठाराम दाहाललाई पराजित गर्दै सभापतिमा कब्जा जमाएका हुन् । 

विजयी दाहालले १५१ मत पाए भने प्रत्यासी दाहालले १३८ मत पाए । प्रचार प्रसार विभागका संयोजक लभराम दाहालको सक्रियतामा उद्धव दाहाल विजयी भएका हुन् । 

उपसभापतिमा शंकरबहादुर विष्ट र राम खड्का विजयी भएका छन् । त्यस्तै सचिवमा सुजन थपलिया र सुरेन्द्रप्रसाद ढकाल विजयी भएका छन् । 

सहसचिवमा रमेश घिमिरे र विनोद मुल्मी विजयी भएको निर्वाचन समितिले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ