arrow

तारकेश्वर सभापतिमा कृष्णहरि, श्रीराम पराजित 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १७ आइतबार
Tarakeshwor_Nagarpalika.png

काठमाडौं । नेपाली कांग्रेस तारकेश्वर नगरपालिकाको सभापतिमा कृष्णहरि महर्जन निर्वाचित भएका छन् । सो पार्टीको १४औँ महाधिवेशन अन्तर्गत शनिबार सम्पन्न नगर अधिवेशनबाट उनले १३५ मत ल्याई विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी श्रीराम थापाले ११४ मत प्राप्त गरे ।

यस्तै उपसभापतिद्वयमा नवराज अर्याल (१२५) र जमुना तिमिल्सिना (१२३),  सचिवद्वयमा राजु फुँयाल (१२६) र शङ्कर तिमिल्सिना (११७),सहसचिवद्वयमा सरस्वती पौडेल (११७) र अप्सरा खड्का (११४) मत प्राप्त गरी विजयी भएका छन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ