arrow

बूढानीलकण्ठ नगरसभापतिमा राजाराम

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १७ आइतबार
rajaram-budhathoki-budhanil.jpg

काठमाडौं । नेपाली कांग्रेस बूढानीलकण्ठ नगरपालिकाको सभापतिमा राजाराम बुढाथोकी निर्वाचित भएका छन् । सो पार्टीको १४औँ महाधिवेशन अन्तर्गत शनिबार सम्पन्न नगर अधिवेशनबाट उनले १५५ मत प्राप्त गरेका हुन् । 

उनका निकटम प्रतिद्वन्द्वी राजन बुढाथोकीले ६८ मत मात्रै हासिल गरेका थिए । यस्तै उपसभापतिद्वयमा सानुकान्छा श्रेष्ठ (१८१) र शम्भु कार्की (१७०) मतसहित विजयी भए । 

सचिवद्वयमा विजेन्द्र श्रेष्ठ (२०६), विजेन्द्र पुडासैनी (१७१),सहसचिवद्वयमा कुमार खड्का (१४५) र निर्मला आचार्य (पौडेल) १२८ मतल्याई विजय भएको निर्वाचन समितिले जनाएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ