- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
ललितपुर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अबको निर्वाचनमा एमालेले बहुमत ल्याउने गरी पार्टीलाई स्थापित गर्ने बताएका छन् । पार्टीको प्रथम विधान महाधिवेशनको समापन सत्रमा सम्बोधन गर्दै अध्यक्ष ओलीले अबको निर्वाचनमा पार्टीलाई कुनै मधुकैटबले हल्लाउन नसक्ने गरी बहुमत ल्याउने गरी पार्टीलाई स्थापित गर्ने वाचा गरे ।
देश बिग्रिएमा एमालेले अरूलाई दोष दिएर उम्कन नपाउने ओलीले बताएका छन् । प्रतिवेदनमा उठेका विषयबारे स्पष्ट पार्दै पूर्व प्रधानमन्त्री ओलीले देश बनाउने जिम्मेवारी हाम्रो भएकाले देश बिग्रिएमा एमालेले अरूलाई दोष दिएर उम्कन नपाउने जनाए ।
उनले भ्रममा परेर पार्टीबाट बाहिर गएकाहरूलाई फर्काउन पहल गर्न निर्देशन दिए । उनले आम कार्यकर्ता र जनताले दिएको आफू प्रतिको विश्वासलाई कत्ति पनि कुठाराघात गर्न नदिने सङ्कल्प गरे । उनले जनताको बहुदलीय जनवादको जगमा यसलाई परिष्कृत तथा राष्ट्रिय पुँजीको विकास गर्दै गर्दै समाजवादोन्मुख राज्य निर्माणका लागि एमाले सदैव प्रतिबद्ध हुनुपर्ने बताए ।