arrow

डडेलधुराबाट काँग्रेस नेताले सोधे - सङ्घर्ष बिर्सनु भयो देउवा जी ?

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १७ आइतबार
deuba-ddl.JPG

डडेलधुरा । नेपाली काँग्रेस नेता अर्जुननरसिंह केसीले प्रहरी घेरामा पार्टीको अधिवेशन इतिहासमै पहिलो पटक भएको भन्दै स्थानीय तह अधिवेशनहरू अवैधानिक भएको बताएका छन् । नेपाली काँग्रेस पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरामा काँग्रेसका केन्द्रीय शीर्ष नेताहरू डडेलधुरामा जारी रिले अनसनलाई स्थगित गर्दै केन्द्रीय सदस्य डा. शेखर कोइराला, पूर्व सह महामन्त्री समेत रहेका नेता अर्जुननरसिंह केसी र गुरुराज घिमिरेले आइतबार डडेलधुरामा बृहत् कार्यकर्ता भेलामा सम्बोधन गर्दै केन्द्रीय सभापतिलाई पार्टी विधान विधि पद्धतिमा सञ्चालन गर्न आग्रह पनि गरेका छन् । 

नेपाली काँग्रेस जिल्ला कार्य समिति डडेलधुराका उपसभापति करुणाकर भट्टको सभापतित्वमा सम्पन्न भएको भेलामा बर्सौँ देखि पार्टीमा लागेका कार्यकर्तालाई पाखा लगाएर गरिएको अधिवेशन केन्द्रीय कार्य समितिलाई अमान्य भएको बताए । क्रियाशील सदस्यता विवादका बिच एकपक्षीय रूपमा गरिएको वडा तथा पालिका अधिवेशनहरू नेताको प्रवृत्ति विरुद्धको सङ्घर्ष रहेको र नसच्याइए सम्म आन्दोलन जारी राख्न समर्थन रहने गरि ऐक्यबद्धता पनि व्यक्त गरेका छन् । 

पार्टीका केन्द्रीय सभापति देउवाले हस्तक्षेप गरेर अवैधानिक वडा र पालिका अधिवेशन गराएको भन्दै अधिवेशन बदर गरी नयाँ मिति तोक्नु पर्ने माग राख्दै नेता केसी र शेखर कोइरालाले काँग्रेस पार्टी सबैको साझा हो कसैको पेवा होइन , पार्टी नीति प्रधान हुनु पर्छ नेता प्रधान होइन भन्दै सुधारका लागि आग्रह गर्दै सुधार नभए सङ्घर्षको दोस्रो चरणमा जानु पर्ने अवस्था सिर्जना नगर्न चेतावनी पनि दिएका छन् । 

जिल्ला कार्यसमितिले क्रियाशीलका लागि ५ हजार ८ सय ४ जनाको नामावली पठाएकोमा छानबिन समितिले जिल्ला सभापति कर्ण बहादुर मल्लकी आमा लगायत ४ सय ६० जनाको नाम हटाइदिएको र आफू अनुकूलका ३ सय १२ जना वडालाई अनभिज्ञ राखी थपिएको आरोप अनसनरत पक्ष जिल्ला कार्य समिति सभापति कर्ण बहादुर मल्ल पक्षले लगाएको छ । 

केन्द्रीय सदस्य घिमिरेले भने आना जिल्लाका नेता कार्यकर्तालाई पाखा लगाएर कस्तो लोकतन्त्र देखाउन खोजेको हो , तपाईँले पनि गलतका विरुद्ध सङ्घर्ष गर्नु भएको र अहिले गलतका विरुद्ध बोल्दा के विरोधीको पिडा सहनु पर्ने ? उनले भने शान्तिपूर्ण सङ्घर्षलाई बेवास्ता गरिए मूल्य चुकाउनु पर्ने बताए । 

जिल्लाले पठाएको आधिकारिक सदस्यतामा हस्तक्षेप गर्नू कस्तो लोकतन्त्र हो ? के यही दिनका लागि दशकौँ देखि लडेर ल्याएको परिवर्तन हो ? क्रियाशील सदस्यता थप्ने र काट्ने कुरामा छानबिन समितिको पनि मिलेमतो रहेको वक्ताहरूले बताएका छन् । 

नेता केसीले सबैको आत्म सम्मान समान हुन्छ, यदि थिचोमिचो हुन्छ भने सहनु लोकतन्त्रको चरित्र होइन । सबैको राजनीतिक यात्रा सुरक्षित हुने गरि पार्टीलाई अग्रगामी परिवर्तनमा लैजान आग्रह पनि गरेका छन् । जिल्लाको पुरै काँग्रेस स्थानीय तहका निकाय र नेता कार्यकर्तालाई अलग राखेर गरिएको अधिवेशनको असर आगामी निर्वाचनहरूमा पर्ने भएकोले सच्याउन र वैद्य अधिवेशन गर्न माग पनि राख्नु भयो । 
 
यता प्रधानमन्त्री शेर बहादुर देउवाको निर्देशनमा सभापतिका उम्मेदवार भीम बहादुर साउद पक्षका कार्यकर्ताले नेता शेखर कोइराला, अर्जुननरसिंह केसी, गुरुराज घिमिरे लगायतका नेताहरूलाई चर्का नाराबाजी गर्दै कालो झन्डा देखाए पनि प्रहरीले नियन्त्रणमा लिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ