arrow

कांग्रेसमा चुनाव हारेपछि एमाले प्रवेश

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १७ आइतबार
mangal-sing-dhami.jpg

दार्चुला । नेपाली कांग्रेसको पालिका अधिवेशनमा पराजित भएपछि कांग्रेसका नेता एवं ब्याँस गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष मंगल सिंह धामीले एमाले प्रवेश गरेका छन् । नेकपा एमालेको ललितपुरस्थित गोदावरीमा भएको प्रथम विधान महाधिवेशनमा धामीले नेकपा एमाले प्रवेश गरेका हुन् ।

उनलाई नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले टिका लगाएर पार्टी प्रवेश गराएको नेकपा एमाले दार्चुलाका प्रचार प्रसार विभाग प्रमुख खडक बडालले जानकारी दिए । नेपाली कांग्रेस ब्याँस गाउँपालिका सभापतिमा  सहमतिमै नेतृत्व चयन हुन नसक्दा निर्वाचन गराइएको थियो । निर्वाचनमा प्रतिद्वन्द्वी नरेश दत्त भट्ट विजयी भएपछि उनी रुष्ट देखिएका थिए ।

निर्वाचन हुनुभन्दा अगाडी दुबै उम्मेद्वारहरुले पार्टीलाई घात पुग्ने कुनै काम नगर्ने प्रतिवद्धता पत्रमा हस्ताक्षरसमेत गरेका थिए । कांग्रेस ब्याँस गाउँ सभापति पदमा पराजीत भए लगत्तै धामी कांग्रेसले आफ्नो मूल्याङ्न नगरेको भन्दै नेकपा एमाले प्रवेश गरेका हुन् ।

धामी २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस पार्टीबाट ब्याँस गाउँपालिका वडा नम्बर ५ को अध्यक्षमा निर्वाचित भएका थिए । वितगमा उनी माओवादी निकट शिक्षक संगठनका जिल्ला अध्यक्षसमेत रहेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ