arrow

कांग्रेस धादिङ नीलकण्ठ नगर सभापतिमा शम्भु विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १८ सोमबार
shambhu-thakuri-dhading-con.jpg

धादिङ । नेपाली कांग्रेस धादिङ जिल्लाको नीलकण्ठ नगर सभापतिमा शम्भुसिंह ठकुरी विजयी भएका छन् । पार्टीको १४औं महाधिवेशन अन्तर्गत आइतबार सम्पन्न निर्वाचनबाट ठकुरी सभापतिमा विजयी भएका हुन् ।  

कुल खसेको ४८७ मतमध्ये ठकुरीले २५४ र प्रतिस्पर्धी ध्रुव रिजालले २२० मत प्राप्त गरेका थिए । नगर उपसभापतिमा चित्रा कुमारी भण्डारी र शम्भु मल्ल, सचिवमा ईश्वर अर्याल र रामबहादुर आले मगर र सहसचिवमा तुलसी तिमिल्सेना र देवकी आचार्य विजयी भएका छन् ।

नीलकण्ठमा असोज ९ गते मतदानको तयारी गर्दै गर्दा विवाद भएपछि स्थागित भएको थियो । स्थगित मतदान शनिबार भएको थियो ।

निर्वाचनमा पार्टीका पूर्व जिल्ला सभापति रामनाथ अधिकारी र नीलकण्ठका मेयर भीमप्रसाद ढुंगानाले प्यानल नै बनाएर चुनावी प्रतिस्पर्धा गराइएको थियो । 

निर्वाचनमा सचिवमा निर्वाचित दुवै जना रामनाथ अधिकारी र सभापति लगायत अन्य सबै पदमा भीमप्रसाद ढुंगानाको प्यानलबाट विजयी भएको बताइन्छ । सदस्यहरु भने दुवै समूहका बराबरीमा सर्वसम्मत चयन भएको जनाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ