arrow

चन्द्रागिरिमा कांग्रेस नेतृत्व घनश्यामको नाममा सर्वसम्मत

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १८ सोमबार
ghanashyam-giri-chandragiri.jpg

काठमाडौं । नेपाली कांग्रेस चन्द्रागिरि नगरपालिकाको सभापतिमा घनश्याम गिरी निर्वाचित भएका छन् । चन्द्रागिरि नगरपालिकाको आइतबार राति सम्पन्न अधिवेशनबाट गिरी सर्वसम्मत सभापतिमा निर्वाचित भएका हुन् । उनी चन्द्रागिरि नगरपालिकाका निर्वाचित नगरप्रमुखसमेत हुन् ।  

यस्तै, दुई उपसभापतिमा राजेन्द्रविक्रम बानियाँ र इन्द्रावती श्रेष्ठ, दुई सचिवमा नविन महर्जन र राजेन्द्र महर्जन, दुई सहसचिवमा भुवन श्रेष्ठ र जीवनकुमारी गिरी, दुई कोषाध्यक्षमा विनु बस्नेत र मन्जयप्रकाश श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । 

चन्द्रागिरि नगरपालिका काठमाडौँभित्रकै महानगरपालिका पछिको सबैभन्दा ठूलो नगरपालिका हो । यस नगरपालिकामा १५ वडा छन् । काठमाडौँभित्र सर्वसम्मत नेतृत्व छनोट हुने चन्द्रागिरि नगरपालिका पहिलो हो । 

यसअघि काठमाडौँ महानगरपालिकासहित आठ स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको छ । कीर्तिपुर नगरपालिकाको सर्वसम्मत नेतृत्व चयन गर्ने भएकाले नेतृत्व चयनमा ढिला भएको हो भने दक्षिणकाली नगरपालिकामा वडा नं २ को अधिवेशन गर्न नसकेर पालिका अधिवेशन हुन नसकेको काठमाडौँका प्रमुख निर्वाचन अधिकृत एवं वरिष्ठ अधिवक्ता नरहरि आचार्यले जानकारी दिए । 

दक्षिणकाली नगरपालिकाको पनि दशैंअघि निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचन समिति अगाडि बढिरहेको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ