arrow

सङ्खुवासभा कांग्रेस सभापतिमा खड्का

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १८ सोमबार
Deepak-khadka-congress.jpg

किमाथाङ्का। नेपाली कांग्रेसको १४औँ जिल्ला अधिवेशनबाट सभापतिमा दीपक खड्का निर्वाचित भएका छन् । एक हजार १९८ मत ल्याएर खड्का विजयी हुन भने खड्काका निकटतम प्रतिद्वन्द्वी राईबहादुर राईले ११० मत प्राप्त गरेका छन् । 

खड्काले राईलाई एक हजार ८८ मत अन्तरले पराजित गरेका हुन् । खड्का २०७० सालमा सङ्खुवासभा क्षेत्र नं २ बाट संविधानसभामा निर्वाचित भई खानेपानी तथा सरसफाइ राज्यमन्त्री भएका थिए।

उपसभापतिमा रामकुमार जिमी ९१६, अनन्त गौली ६७०, सचिवमा टकमान घले एक हजार ४५ र कुमारबाबु अधिकारी ७४३ ल्याएर विजयी हुनुभएको छ । सहसचिवमा किशोरकुमार गुरुङ ६६७ र सुवास कालाखेती ६०५ मत ल्याएर विजयी भएका छन्। जिल्ला कार्यसमिति चयनका लागि सहमति नभएपछि शनिवार मतदान भएको थियो । जिल्ला कार्यसमितिमा ४२ र केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि २६ पदका लागि मतदान भएको हो । केन्द्रीय महाधिवेशन प्रतिनिधिको मतगणना आइतबार रातिबाट रोकिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ