arrow

बाँके प्रहरीले ३ महिनामा उठायो ७ करोडको हाराहारीमा राजस्व, १५५० ले पाए सेवा

logo
सौरभ गिरी
प्रकाशित २०७८ असोज १९ मंगलबार
Shayamkrishna-adhikari-SP.jpg

नेपालगन्ज । जिल्ला प्रहरी बाँकेले तीन महिनाको प्रगति विवरण सार्वजनिक गरेको  छ ।  जिल्ला प्रहरी कार्यालय बाँकेद्वारा मंगलबार आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा बाँके प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले चालू आर्थिक बर्षको श्रावण १ देखि आश्विन १८ गतेसम्मको प्रगति विवरण सार्वजनिक गरेका थिए ।

गत वर्षको श्रावण १ देखि आश्विन १८ सम्म सर्वसाधारण ७७८ जनालाई सेवा प्रदान गरेको बाँके प्रहरीले सोही अवधिमा भने यसपटक सर्वसाधारण १५५० जनालाई सेवा प्रदान गरेको छ । गत वर्ष  श्रावण १ देखि आश्विन १८ सम्म मुद्दा दर्ता संख्या २२५ रहेकोमा अहिले यो अवधिमा मुद्दा दर्ता संख्या २३७ छ । त्यस्तै पक्राउ पर्नेको संख्या गत वर्षको सुरुको तीन महिनामा २६३ रहेकोमा यस वर्षको पक्राउ संख्या ३६५ रहेको बाँके प्रहरीले जनाएको छ ।

यस्तै फैसला कार्यान्वयनको क्रममा गत वर्ष श्रावण १ देखि आश्विन १८ गतेसम्म ३१२ जनालाई पक्राउ ६ लाख ५० हजार २ सय ३५ रुपैयाँ जरिवाना असुल गरेकोमा यस आर्थिक वर्षको सोही अवधिमा फैसला कार्यान्वयनको क्रममा २९ जनालाई पक्राउ गरी ११ लाख ७५ हजार ७ सय १० रुपैयाँ  जरिवाना असुल गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

भन्सार चोरी पैठारीको सामान तथा ट्राफिक कारबाहीबाट गत वर्षको सुरुको तीन महिनामा १ करोड ५० लाख ७४ हजार ४ सय ५३ रुपैयाँ राजश्व संकलन भएकोमा यस वर्ष भन्सार चोरी पैठारीको सामान तथ ट्राफिक कारबाहीबाट ३ करोड ७८ लाख ९८ हजार ७ सय ३३ रुपैयाँ राजश्व संकलन गरिएको छ ।

गत वर्षको यो अवधिमा सुनचाँदी बरामद शून्य रहेकोमा यस वर्ष भने ३ करोड १३ लाख ९७ हजार ६ सय ७५ रुपैयाँको ४ किलो २९.१९ ग्राम सुनचाँदी बरामद गरेको बाँके प्रहरीले जनाएको छ । बाँके प्रहरीले चालू आर्थिक वर्षको हालसम्म कुल ६ करोड ९२ लाख ६९ हजार ४ सय ८ रुपैयाँ राजश्व संकलन गरेको छ । अघिल्लो पटक यो अवधिमा रेडपाण्डाको छाला १ थान सहित ५ जना पक्राउ परेकोमा यस पटक हात्तीको दाँत २, चितुवाको छाला १ सहित ७ जना पकाउ परेका छन् ।

यस्तै गत वर्ष भरुवा बन्दुक ४ थानसहित ४ जना पक्राउ पर्दा यस वर्ष कटुवा पेस्तोल १ थान, भरुवा बन्दुक १ थान सहित २ जना पक्राउ परेका छन् । यस्तै बरामद लागू औषध तथा पक्राउको गत वर्ष श्रावण १ देखि आश्विन १८ गतेसम्म्को विवरण यस्तो छ:
मुद्दा दर्ता: ११
पक्राउ: ३६

अफिम: १४ किलो १७४ ग्राम
ब्राउन सुगर: ८७.१२५ ग्राम
चरेश: ३ किलो ५०० ग्राम
गाँजा: १३ किलो
कोरेक्स: १४ लिटर, ८०० मिलिलिटर
नाईट्राजेपाम: ६० ट्याव्लेट
यस वर्ष सोही अवधिको बरामद लागू औषध तथा पक्राउको विवरण भने यस प्रकार छ:
मुद्दा दर्ता: २५
पक्राउ: ४२
अफिम
ब्राउन सुगर: ९७ ग्राम
चरेश:  ३ किलो
गाँजा: २० ग्राम
कोरेक्स:
नाईट्राजेपाम: २१२३ ट्याव्लेट

प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले स्वागत मन्तब्य व्यक्त गर्नुभएको सार्वजनिक सुनुवाई कार्यक्रममा ५० बढी सहभागीले बाँके प्रहरी प्रमुख अधिकारी समक्ष प्रश्न गर्दै बाँकेको शान्ति सुरक्षाको अवस्थाका बारेमा जिज्ञासा राखेका थिए । एसपी अधिकारीले सबैको जवाफ दिएका थिए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, सशस्त्र प्रहरी उपरीक्षक अशोक बम, नेपालगन्ज उपमहानगरपालिकाका उप(प्रमुख उमा थापा मगर, अनुसन्धान विभाग बाँके प्रमुख उपअनुसन्धान निर्देशक नगेन्द्रराज गिरी, पत्रकार महासंघ बाँकेका अध्यक्ष  दामोदर भण्डारीले आ-आफ्नो धारणा राखेका थिए । कार्यक्रममा २ सय बढीको सहभागिता थियो । कार्यक्रमको संचालन प्रहरी निरीक्षक इश्वरदेब गिरीले गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ