arrow

गृह मन्त्रालयले सातै प्रदेशमा खटायो अनुगमन टोली : चाडपर्व केन्द्रित सुरक्षा योजना र कार्यान्वयनबारे अनुगमन गर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज २१ बिहिबार
home-ministry-nepal.jpg

काठमाडौँ। गृह मन्त्रालयले चाडपर्व केन्द्रित सुरक्षा योजना र सोको कार्यान्वयनको अवस्थाबारे बुझ्न सातै प्रदेशमा अनुगमन टोली खटाएको छ।  गृह मन्त्रालयले सात वटै प्रदेशमा सहसचिव तथा उपसचिव नेतृत्वको अनुगमन टोली परिचालन गरेको हो।

गण्डकी र सुदूरपश्चिम प्रदेशमा बाहेक अन्य प्रदेशमा एक सहसचिव र उपसचिवलाई अनुगमनमा खटाइएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणी पोखरेलले जानकारी दिए। गण्डकी र सुदूरपश्चिम प्रदेशमा भने उपसचिवसँगै शाखा अधिकृतलाई खटाइएको छ ।

गृह मन्त्रालयका अनुसार प्रदेश १ मा सहसचिव विपिन आचार्यको नेतृत्वमा उपसचिव अन्जन न्यौपानेलाई अनुगमनका लागि तोकिएको छ।

यस्तै प्रदेश २ मा उपसचिव विश्वराज मरासिनी, बागमती प्रदेशमा सहसचिव थानेश्वर गौतमको नेतृत्वमा उपसचिव वासुदेव घिमिरेलाई तोकिएको छ।

यसै गरी गण्डकी प्रदेशमा उपसचिव चेतराज बरालको नेतृत्वमा शाखा अधिकृत विजयराज पौडेललाई तोकिएको छ। सुदूरपश्चिममा उपसचिव सूर्य खत्रीको नेतृत्वमा शाखा अधिकृत नारायण खत्री, लुम्बिनी प्रदेशमा सहसचिव हिरालाल हिरालाल रेग्मीको नेतृत्व उपसचिव गणेश पौडेलको टोली खटाइएको छ। कर्णालीमा सहसचिव पुष्पराज शाही र उपसचिव फणीन्द्र दाहालको टोली खटिएको छ।

उनीहरूले आपूर्ति व्यवस्थापन बजार अनुगमन र उपभोक्ता अधिकार, यातायात व्यवस्थापन र सडक सुरक्षा, चाडपर्वको अवसरमा आयोजना हुने मेला महोत्सवको व्यवस्थापन, विभिन्न शक्ति पीठहरूमा गरिने पूजापाठ व्यवस्थापन, कोभिड- १९ महामारी र स्वास्थ्य मापदण्डको पालनाको अवस्था बारेसमेत अनुगमन गर्ने छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ