arrow

कांग्रेस देशका निम्ति महत्वपुर्ण र अत्यावश्यक रहेको सन्देश दिने अवसर : प्रवक्ता शर्मा 

logo
युवराज रेग्मी
प्रकाशित २०७८ असोज २२ शुक्रबार
Biswaprakash-congress-jhapa.jpg

झापा। नेपाली कांग्रेसका पार्टी प्रवक्ता तथा काँग्रेसको आसन्न १४ औं  महाधिवेशनमा आफूलाई पार्टीको महामन्त्री पदका आकाङ्क्षीका रूपमा प्रस्तुत गरेका विश्वप्रकाश शर्माले कार्यकर्ता तथा जनतामाझ काँग्रेस पार्टी देशका निम्ति एक मात्र महत्त्वपूर्ण र अत्यावश्यक राजनैतिक पार्टी रहेको सन्देश सम्प्रेषण गर्ने अवसरका  रूपमा आसन्न १४ औं महाधिवेशनलाई लिनुपर्ने बताएका छन् । 

नेपाली कांग्रेस गौरादह नगरपालिका वडा न ३ को पार्टी कार्यालय समुद्घाटन तथा हिन्दुहरूको  महान् पर्व विजया दशमीको शुभकामना आदानप्रदान कार्यक्रमलाई हिजो बिहीबार सम्बोधनका क्रममा  उनले कार्यकर्ता माझ उक्त कुरा बताएका हुन ।

नेपाली कांग्रेस पार्टी देशको अभिभावक भएकोले जसरी एउटा घरमा अभिभावकको महत्त्व जति हुन्छ त्यति नै महत्त्व देशलाई काँग्रेसको रहेको प्रवक्ता  शर्माले बताएका थिए  ।

अर्को प्रसङ्गमा निर्वाचन र सङ्घर्षबाट प्राप्त भएका विषयवस्तुहरू नितान्त फरक हुनेभएकोले हरेक देशमा , पन्ध्र या बिस वर्षमा  दलहरू बिचमा  द्वन्द्व , राजनीतिक नेतृत्वले अयोग्यता राख्ने र त्यसको परिणाम एक आपसका द्वन्द्व सिर्जना भई  जहिले नयाँ व्यवस्था नयाँ व्यवस्था  भन्ने तर अवस्था भने पुरानै रहिरहने र नेपालीहरू पुरानै अवस्थामा रहिरहने , पिछडिएर बसी रहनुपर्ने अवस्था अन्त्यका लागि  काँग्रेस पार्टी अगाडि बढ्न आवश्यक रहेको बताए । 

राजनीतिबाट निराश भएको व्यक्तिलाई विनम्रतापूर्वक यो देशमा केही अवश्य भएको छ र धेरै कुरा गर्न बाँकिरहेको बुझाउन जरुरी भएको शर्माले बताए । 

नेपाल देशले हिंसा र द्वन्द्व अन्त्यगरि अहिलेको अवस्थामा आइपुगेकोले  समृद्धिका लागि अब धेरै कुरा पुरा गर्न बाँकी रहेकोले देश बनाउने भिजन  काँग्रेससग मात्र भएको बताए ।

देशमा प्रजातन्त्र प्राप्तिको इतिहास  स्मरण गराउँदै हिंसा अन्त्य गरेर समृद्धिको बाटोतर्फ लम्किन समाजमा अहिंसाको निम्ति लड्न जरुरी रहेको बताए ।

देशमा ठुला ठुला राजनीतिक हिंसाको अन्त्य भए पनि गाउँघरमा अझै साना साना  घरेलु हिंसा हुने गरेको पाइएकोले त्यस्ता हिंसा अन्त्यका लागि कांग्रेसले देशको सामाजिक रूपान्तरणका निम्ति  अगाडि बढेर जान जरुरी रहेको बताए ।

अवस्था बदल्न हाम्रो प्रवृत्तिमा बदलाव जरुरी रहेको बताउँदै हार्नेले जित्नेको प्रशंसा गर्न र जित्नेले ठुलो हृदय बनाएर अगाडि बढ्न जरुरी रहेको बताउँदै कमरेड के. पी. ओलीले ५ वर्षका लागि दुई तिहाइको सरकार चलाउँदै गर्दा अहङ्कारकै कारण ३ वर्षमै बालुवाटारबाट बालकोटको बार्दलीमा गएर  भाषण गर्नुपर्ने अवस्थामा पुगेको बताए ।

देशलाई सही ढङ्गको नेतृत्व प्रदान गर्न सके यही व्यवस्थामा अवस्था बदल्न सकिने उनले तर्क प्रस्तुत गरेका थिए । अहिलेको संसदीय लोकतान्त्रिक व्यवस्था हिमाल पहाड र तराईको हितका निम्ति भएको बताउँदै वर्तमान व्यवस्था काँग्रेस कम्युनिस्ट र अन्य दलका निम्ति पनि  हित हुने  व्यवस्था भएकोले यसको जगेर्ना गर्न सबै  दलहरू लागिपर्न आवश्यक रहेको बताए ।

हिजो हिंसाबाट शान्ति काङ्ग्रेसको अगुवाइमा भयो , संविधान विहीनताको अवस्थामा संविधान कांग्रेसको नेतृत्वमा प्राप्त भयो , त्यसैगरी मधेसमा विद्रोह भएर मधेसमा आगो लागेको बेला त्यो आगो लागेको मधेसलाई विश्वासमा लिएर हिमाल पहाड र तराई सगसगै जाने अवस्था काँग्रेसले बनाएको स्मरण गराउँदै त्यो तागत कांग्रेसमा भएकोले महाधिवेशनको माध्यमबाट त्यो तागत लाई पुनर्जीवन दिने बेला आएको बताउँदै हिजो सत्तामा भएका बेला भएगरेका गल्ती कमजोरी अब दोहोर्‍याउँदैनौ भन्दै कांग्रेस देशलाई आवश्यक रहेको बताउँदै देशलाई कांग्रेसले मात्र बनाउँछ भन्ने सन्देश महाधिवेशन मार्फत दिनुपर्ने प्रवक्ता शर्माले  बताएका हुन  ।



नयाँ