arrow

कांग्रेस बाजुराको सभापतिमा रावल विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज २२ शुक्रबार
Congress-convention-14-nepa.jpg

बाजुरा। नेपाली कांग्रेस बाजुराको सातौँ जिल्ला अधिवेशनबाट सभापतिका उम्मेदवार रामसिंह रावल विजयी भएका छन्। रावल ६०५ मत ल्याएर सभापतिमा विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी कविराज पण्डितभन्दा ३९ मतान्तरले रावल विजयी भएको निर्वाचन समितिले घोषणा गरेको हो ।

उपसभापतिमा पदम बडुवाल ७४८ र नारायण पाध्याय ७५६ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृत सन्तोष भण्डारीले बताए । उनका अनुसार सचिवमा तिलकराज पुरी ५६५, भरतबहादुर रोकाया ५१४, सहसचिवमा कृष्णराज पाध्याय ४६६, सुरेन्द्रबादुर सिंह ३८० मत ल्याएर विजयी भएको निर्वाचन अधिकृत भण्डारीले जानकारी दिए। पहिलो चरणको निर्वाचनमा तीन जना उम्मेदवारले कूल खसेको एक हजार २०५ मतको ५१ प्रतिशत नल्याउँदा बिहीबार दोस्रो चरणको मतदान गरिएको थियो ।

पहिलो चरणमा पण्डित, चक्रबहादुर शाह र रावलले सभापतिमा उम्मेदवारी दिएका थिए। उनीहरूले खसेको मतको ५१ प्रतिशत नल्याउँदा बिहीबार पुनः मतदान गरिएको थियो । सभापतिका उम्मेदवार शाहको समूहले रावललाई समर्थन गरेको थियो । -रासस



नयाँ