arrow

एमाले सांसदहरुको नाराबाजीकाबीच संघीय निजामती सेवा विधेयक फिर्ता

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज २२ शुक्रबार
gyandra.JPG

काठमाडौं । नेकपा एमालेका सांसदहरुको नाराबाजीबीच प्रतिनिधिसभाको बैठकमा संघीय निजामती सेवा विधेयक(२०७५ फिर्ता लिइएको छ ।

प्रधानमन्त्री एवम सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका तर्फबाट कानुनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले उक्त विधेयक फिर्ता गरेका हुन् ।

शुक्रबार दिउँसो १ बजे शुरु भएको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय निजामती सेवा विधेयक(२०७५ फिर्ता लिने प्रस्ताव गर्ने कार्यसूची थियो ।

तर सदन शुरु हुनासाथ एमाले सांसदहरुले रोष्ट्रममा पुगेर नाराबाजी गरेका थिए । नाराबाजी चलिरहेकै अवस्थामा सभामुख अग्निप्रसाद सापकोटाले मन्त्री कार्कीलाई फ्लोरमा बोलाएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ