- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
जनकपुरधा । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले निर्वाचन प्रणाली गुटगत राजनीतिलाई समाप्त गर्ने उपयुक्त पद्धति भएको बताएका छन् ।
शुक्रबार जनकपुरधाममा हाम्राकुरासंगको कुराकानीमा उपसभापति निधिले आसन्न महाधिवेशनमा कांग्रेस सभापतिमा एउटा गुटले विजयी हासिल गर्न रहेको हुनाले त्यस्तो गुटको राजनीति तोड्नको लागि आफूले सभापतिमा उम्मेदवारी दिएको बताए ।
नेता निधिले काठमाडौमा सम्पर्क कार्यालय स्थापना गरेर विभिन्न जिल्लाका सभापति र पार्टीका नेताहरूसंग सम्पर्कमा बढाइरहेको उनले बताए । उनले भने, प्रकाशमान सिंह र डा.शशांक कोइरालासंग कुराकानी भइरहेको छ । सभापति शेरबहादुर देउवालाई धेरै पहिलादेखि नै सभापतिमा मेरो लागि समर्थन गरिदिनुहोस भन्दै आइरहेको छु । सबै सकरात्मक हुनुहुन्छ ।’
आसन्न महाधिवेशनबाट सभापतिमा विजयी हुनका लागि कुनै गुटबाट संभव नहुने तथा सबै नेताहरुसँगको तालमेलले मात्र विजयी हुन सकिने भएकाले सोही अनुसार आफूले तयारी गरिरहेको उनले बताए ।
नेता निधिले भने,‘अहिले पार्टीमा एउटै विषय चर्चामा छ । त्यो भनेको कांग्रेस भित्रको गुटगत राजनीति कसरी समाप्त गर्ने भन्ने हो । त्यसैले मैंले निर्वाचन प्रणाली उपयुक्त ठानेको छु ।’ निर्वाचन प्रणालीले एकातिर समुह पनि बनाउने र अर्कोतिर गुटगत राजनीतिलाई भत्काउने काम गर्ने भएकाले यो उचित प्रणाली भएको उनको भनाइ थियो ।
कुराकानीका क्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्यदेखि मेयर, गाउँपालिका अध्यक्ष र वडा अध्यक्षसम्मको अपेक्षा भनेको विमलेन्द्र निधिलाई सभापतिमा जिताउने भन्ने नै रहेको उनले बताए । नेपाली कांग्रेसको आसन्न १४ औ महाधिवेशनमा उपसभापति निधिले सभापतिको उम्मेदवारी दिनेगरी तयारी गरिरहेका छन् । उनी जिल्ला जिल्लामा पुगेर नेता तथा कार्यकर्ताहरुलाई भेटिरहेका छन् ।
संस्थापनबाट शेर बहादुर देउवा र गोपालमान श्रेष्ठ साथै संस्थापनइतर समूहबाट रामचन्द्र पौडेल, डा.शेखर कोइराला, शशांक कोइराला, प्रकाशमान सिंह, सुजाता कोइरालालगायतका नेताहरु सभापतिको तयारी गरिरहेका छन् ।