arrow

जर्मनीका विद्यालय सामान्य अवस्थामा फर्किने

logo
सिन्ह्वा
प्रकाशित २०७८ असोज २३ शनिबार
germany-reopens-schols-corona.jpg

बर्लिन्। जर्मनीका विद्यालयहरू अव चाडै नै सामान्य अवस्थामा फर्किने भएका छन्। देशभरका सबै विद्यालयहरूमा अब पूर्ववत् अवस्थामा झैँ अध्ययन अध्यापनको कार्य हुने सरकारी उच्च अधिकारीहरूले जानकारी दिएका छन्। कोरोनाभाइरसको डेल्टा भेरिअन्ट फैलिए पनि विद्यालय सञ्चालन गर्ने तयारी भइरहेको शिक्षा तथा संस्कृति मामिला मन्त्रीले शुक्रवार बताए।

“कोरोनाभाइरसको महामारी र अध्ययन अध्यापन कार्यका बीचमा तालमेल मिलाएर लैजानुपर्ने भएको छ, लामो समयसम्म यस्तै अवस्था गराइरहन सकिँदैन,” उनले भने। उनले विद्यार्थीहरूको कोरोना परीक्षण पनि तीव्र र निरन्तर रूपमा भइरहेको पनि जानकारी दिए।  

देशमै पहिलो पटक सरल्याण्ड प्रदेशका विद्यालयहरूमा गत हप्ता नै प्रतिबन्धात्मक व्यवस्थाहरू खुकुलो बनाइएको छ। त्यसै गरी बाभारीया र बर्लिनमा पनि मास्क लगाउनुपर्ने लगायतका केही मापदण्ड पालना गरी अन्य कुरामा सजिलो बनाइएको छ।

जर्मनीमा अहिले दैनिक औसतमा ३०० का दरले कोरोनाभाइरसबाट नयाँ सङ्क्रमित हुने गरेको सरकारी अधिकारीहरूले जनाएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ