arrow

राष्ट्रिय जनगणना–२०७८ः नवलपुरमा २८ हजार परिवार बढे

logo
 सन्जय भटटराई
प्रकाशित २०७८ असोज २३ शनिबार
janagadana-2078.jpg

नवलपुर । राष्ट्रिय जनगणना २०७८ को पहिलो चरण अन्तर्गत जिल्लामा घर तथा घरपरिवार सूचीकरणमा २८ हजार बढी परिवार थपिएका छन् । पहिलो चरणको प्रारम्भिक प्रतिवेदन अनुसार ९५ हजार घरपरीवार  दर्ता भएका सहायक जिल्ला जनगणना अधिकारी रुद्रप्रसाद अधिकारीले जानकारी दिए ।

विसं २०६८ को जनगणनामा यहाँ ६६ हजार ९ सय ३४ परिवार थियो । अधिकारीका अनुसार पहिलो चरणको प्रारम्भिक रिपोर्टअनुसार २८०६६ परिवार थपिएका छन्, । यो प्रारम्भिक तथ्याङ्क भएकाले केही थपघट हुनसक्ने अधिकारीले बताए ।

यसैगरि जनगणनाको प्रारम्भिक रिपोर्ट अनुसार जिल्लामा एक लाख ५ हजार घर धुरी र८२ हजार घरमा जनगणना गरिएको अधिकारीले बताए ।

भदौ ३० गतेदेखि असोज १८ सम्म सञ्चालन भएको जनगणनाको पहिलो चरणअन्तर्गत सुपरीवेक्षकहरु खटाएर घरपरिवारको सूचीकरण गरिएको थियो । मूल जनगणना कार्तिक २५ देखि मङ्सिर ९ गतेसम्म सञ्चालन हुने कार्यालयले जनाएको छ ।

विसं २०६८ को जनगणनाअनुसार जिल्लाकोे जनसङ्ख्या ३ लाख ११ हजार ६०४ रहेकामा ६६ हजार ९ सय ३४ परिवार सङख्या पुगेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ