arrow

ग्लोबल आइएमई बैङ्कले १३.५ प्रतिशत लाभांश दिने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज २५ सोमबार
gibl-gobal-ime-bank-head-office.jpg

काठमाडौँ। ग्लोबल आइएमई बैङ्कले आव२०७७-७८ मा आफ्ना शेयरधनीहरूलाई १३.५ प्रतिशत लाभांश दिने निर्णय गरेको छ। बैङ्क सञ्चालक समितिको मिति २०७८-०६-२५ को ३९३ औँ बैठकले नेपाल राष्ट्र बैङ्क तथा बैङ्कको १५ औँ वार्षिक साधारण सभाको स्वीकृति पश्चात् आव २०७७-०७८ को वितरण योग्य मुनाफा समेतबाट आफ्ना शेयरधनीहरूलाई रु. २ अरब ९२ करोड बराबरको १३.५ प्रतिशत लाभांश (बोनस शेयर १० प्रतिशत र नगद लाभांश ३.५० प्रतिशत) वितरण गर्ने गरी प्रस्ताव गर्ने निर्णय गरेको छ।

हाल बैङ्कको चुक्ता पुँजी २१ अर्ब ६३ करोड रुपैयाँ रहेकोमा प्रस्तावित १० प्रतिशत बोनस शेयर वितरण पश्चात् चुक्ता पुँजी रु. २३ अर्ब ७९ करोड पुग्ने छ। त्यस्तै, नगद लाभांश वितरण पश्चात् बैङ्कको कूल पुँजी कोष रु. ३६ अर्ब ९२ करोड रहने छ। देशमा सञ्चालित कुनै पनि वाणिज्य बैङ्कहरू भन्दा यो पुँजी कोष अत्यधिक रहेको छ।

ग्लोबल आइएमई बैङ्कले आव २०७७-७८ मा ४ अर्ब १६ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। १० प्रतिशत बोनस शेयर वितरण पश्चात् बैङ्कको चुक्ता पुँजी २३ अर्ब ७९ करोड रुपैयाँ पुग्ने छ।

बैङ्कले सबै क्षेत्र र वर्गसम्म बैङ्किङ सेवाको पहुँच पुर्‍याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउन्टर तथा शाखारहित बैङ्किङ सेवा मार्फत आफ्ना ग्राहकहरू माझ सेवा प्रदान गर्दै आएको छ। बैङ्कले भारत, अस्ट्रेलिया र बेलायतमा प्रतिनिधि कार्यालय खोली बैङ्किङ कारोबार गर्दै आएको छ।

कूल २७७ अर्ब निक्षेप तथा २६५ अर्ब कर्जा लगानी रहेको बैङ्कको हाल ७६ जिल्लामा फैलिएका २८० शाखाहरू, ४७ राजश्व सङ्कलन तथा एक्सटेन्सन काउन्टर, २५० एटिएम, तथा २५७ शाखा रहित बैङ्किङ सेवा तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८०० सेवा केन्द्रबाट २६ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ