- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
चितवन । नेपाली काँग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले महाधिवेशनमा संस्थापन इतर समूहबाट एउटै उम्मेदवार बनाउने कसरत भइरहेको बताएका छन् । मङ्गलवार चितवन पुगेका महामन्त्री कोइरालाले भने, “छलफल भइरहेको छ । संस्थापन इतर समूहबाट एउटै उम्मेदवार बनाएर महाधिवेशनमा जान्छौ ।”
कोइरालाले आफू, वरिष्ठ नेता रामचन्द्र पौडेल, डा. शेखर कोइराला र प्रकाशमान सिंह सभापतिको दौडमा रहेको भन्दै उनले आफू बलियो उम्मेदवार रहेको बताए ।
उनले काङ्ग्रेसको १४ औँ महाधिवेशनको रोकिएको प्रक्रिया तिहार लगत्तै सुरु हुने बताए । उनले भने, “तिहारपछि रोकिएका जिल्लाको अधिवेशन हुन्छ । अब सार्ने अवस्था छैन । महाधिवेशन सामयमा नै गर्नुपर्छ ।” १३ जिल्लामा क्रियाशील सदस्यताको विवाद रहेको भन्दै उनले देखिएका समस्या समाधान गर्दै अघि बढ्ने बताए ।