arrow

कांग्रेसको तरुण विभागले नेपाली फुटबल टिमलाई नगदसहित सम्मान गर्ने 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ३० शनिबार
nepali-congress-flag.jpg_1618043342.jpeg

दमौली । साफ च्याम्पियनशिप फुटबलको फाइनल खेल्दै गरेको नेपाली राष्ट्रिय फुटबल टिमलाई नेपाली कांग्रेसको तरुण विभागले नगदसहित सम्मान गर्ने भएको छ । 

तरुणले पहिलो पटक फाइनलमा पुगेको नेपाली टिमलाई १ लाख ११ हजार प्रदान गर्ने भएको हो । तरुण विभाग प्रमुख शंकर भण्डारीले उक्त घोषणा गरेका हुन् । 

साफको २८ वर्षे इतिहासमा पहिलो पटक फाइनलमा पुगेको नेपालले शनिबार उपाधिका लागि भारतसँग खेल्दैछ । फाइनल खेलमा विजयी हुन तरुण विभाग प्रमुख भण्डारीले शुभकामनासमेत व्यक्त गरेका छन् । 

नेपाली राष्ट्रिय फुटबल टिमलाई शनिबार इतिहास रच्ने सुनौलो अवसर रहेको छ । नेपालले माल्दिभ्समा जारी साफ च्याम्पियनशिप फुटबलको फाइनल खेल्दैछ । 

शनिबार राति हुने भिडन्त नेपालका लागि सुनौलो इतिहास रच्ने भिडन्त हुँदैछ । पहिलो पटक साफ च्याम्पियनशिपको फाइनलमा पुगेको नेपालले एउटा इतिहास त राखिसकेको छ । तर महत्वपूर्ण इतिहास कोर्न बाँकी छ । 

नेपालले मालेस्थित राष्ट्रिय रंगशालामा हुने फाइनलमा भारतको सामना गर्दैछ । यो खेल नेपाली समय अनुसार राति ८ः४५ बजे शुरु हुनेछ ।

नेपाल यो महत्वपूर्ण घडीको सामना गर्न तयार देखिएको छ । कप्तान किरण चेम्जोङले भारतसँग गोर्खाली जसरी नै खेल्ने प्रतिक्रिया प्रिम्याच कन्फ्रेन्समा दिइसकेका छन् । 

कप्तान किरणले भने, ‘हाम्रो लागि ठूलो दिन हो । हाम्रो सबै थोक हो । हामी जितका लागि सबैथोक दिने छौँ । हामी गोर्खाली जसरी खेल्ने छौँ ।’


प्रिम्याच कन्फ्रेन्समा नेपाली टिमका प्रशिक्षक अब्दुल्लाह अल मुताइरी भने सहभागी भएनन् । उनले नेपालका लागि यो नै अन्तिम सहभागीता जनाउँदैछन् । फाइनल पछि मुताइरीले नेपाली टिमको प्रशिक्षण छाड्ने घोषणा गरिसकेका छन् । 

सहायक प्रशिक्षक किरण श्रेष्ठले एउटा संकल्पका साथ नतिजा निकाल्ने लक्ष्यसहित खेल्ने प्रतिक्रिया दिएका छन् । भारतीय टिमले पनि नेपाललाई कम आँकेको छैन । 

सहायक प्रशिक्षक शानमुगम वेंकटेशले भने, ‘नेपालले समूह चरणमा राम्रो नजिता निकालेको थियो ।  पुरै  टिम कन्फिडेन्स छ र मोटिभेटेड छ । खेल कठिन हुनेछ ।’

माले साफ
पाँच राष्ट्र सहभागी राउण्ड रोबिन लिगको आधारमा भएको प्रतियोगिताको शीर्ष स्थानमा रहेर भारतले फाइनल खेल्न लागेको हो ।

भारतले ४ खेलमा ८ अंक जोड्यो । नेपालले दोस्रो स्थानमा रहेर फाइनलमा स्थान सुरक्षित गरेको हो । नेपालले ४ खेलमा ७ अंक जोड्यो । 

नेपालले माल्दिभ्स ९१–०० र श्रीलंकालाई ९३–२० हरायो । बंगलादेशसँग बराबरी ९१–१० खेल्यो । भारतसँग पराजित ९१–०० भयो । 

६ अंकबाट आयोजक एवं डिफेन्डिङ च्याम्पियन माल्दिभ्स बाहिरियो । ५ अंकको बंगलादेश पनि छुट्यो । पुछारको श्रीलंकाले १ अंकमात्र बटुल्यो । 

नेपाल भारत हेड टु हेड
नेपाल साफको इतिहासमा पहिलो पटक फाइनलमा पुगेको हो । नेपाल यसअघि सेमिफाइनलसम्म मात्र पुग्दै आएको थियो साफमा भारत सबैभन्दा सफल टिम हो । भारतले हालसम्म ७ पटक उपाधि जितिसकेको छ । 

नेपाल र भारतबीच अहिलेसम्म २२ खेल भएका छन् । जसमा भारतले १५ खेल जितेको छ । नेपालले दुई खेल मात्र जितेको छ । पाँच खेल बराबरीमा सकिएको छ ।

यसरी हेर्दा विगत भारतको राम्रो छ । तर नेपाल वर्तमानमा जित हासिल गर्ने हो भने मात्र इतिहास आफ्नो नाममा लेखाउने छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ